बाजुरा– संविधान दिवशको अवसरमा राजनितिक दल र राष्ट्रसेवक कर्मचरी बिच मैत्रिपुर्ण भलिवल खेल सम्पन्न भएको छ । असोज ३ गतेनेपालको संविधान २०७२ जारी भएको दिनलाई स्मरण गर्दै जिल्ला प्रशसन कार्यालय बाजुराको आयोजनामा उक्त मैत्रिपुर्ण भलिवल खेल सम्पन्न भएको हो ।

जसमा राजनितिक दलबाट एक टिम महिला र एक टिम पुरुष कोरहेको थियो भने निजामति कर्मचारीको तर्फबाट पनि एक टिम महिला र एक टिम पुरुषको रहेको थियो । दुबै तर्फबाट महिला महिला बिच र पुरुष पुरुष बिच खेल भएको हो । मैत्रिपुर्ण खेलमा राजनितिक दलबाट महिला पुरुष दुबै टिम बिजेता भएका छन भने राष्ट्रसेवक कर्मचारीको टिमबाट महिला पुरुष दुबै टिम उप बिजेता भएको साहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताउनु भएको छ ।

यसरी संविधान दिवसको अवसरमा भएको मैत्रिपुर्ण भलिवल खेलका बिजेता तथा उप बिजेतालाई भोली मात्र नगद सहित प्रमाण पत्र बितरण गरिने भएको छ । खेलमा बिजेता टिमलाई नगद रु ८ हजार र प्रमाण पत्र दिइने छ भने उप बिजेता टिमलाई नगद रु ५ हजार सहित प्रमाण पत्र दिइने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनु भएको छ ।

राजनितिक दल र राष्ट्रसेवक निजामति कर्मचारी बिच भएको मैत्रिपुर्ण खेल जिल्ला सदरमुकाम मार्तडीकोको कवडहल खेल मैदानमा भएको हो । खेल समापन पश्चत दुबै टिमका खेलाडी र अन्य सर्बसाधारणहरुले अहिले साँझ ६ बजे लोकतान्त्रिक चोकमा नेपालको नक्सा बनाएर मैनबक्ती बाल्दै दिप प्रज्वलोन सहित खुसीयालीका साथ संबिधान दिबश मनाउन सूरु गरेका छन ।

त्यस्तै भोलीअसोज ३ गते संविधान जारी भएको दिनको स्मरण गर्दै बिहान प्रभात फेरी कार्यक्रम गरिने भएकोछ । दिनभरी बिभिन्न कार्यक्रम सभा तथा जुलुस सहित जिल्ला सदरमुकाम मार्तडी र आसपासका क्षेत्रहरुमा बेलुकीकको समयमा नेपालको नक्सा बनाई दिप प्रज्वलन गरी असोज ४ गतेसम्म संविधान दिबश मनाईने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनु भएको छ ।












