बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका कर्मचारीले संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम गरेर मनाएका छन।
संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ। उपस्थिति नि. प्रमुख प्रशासकीय अधिकृत कविन्द्रराज पाण्डे, अथिति हिमाली गाउँपालिका वडा न.४ का अध्यक्ष भिमानन्द पाण्डे, स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल रहनु भएको छ।
प्रहरी चौकी धुलाचौर इन्चार्ज चित्र बहादुर मल्ल, आइ.एन.एफ. बाजुरा संस्था कर्मचारी सम्झना परिवार सहित पालिका कर्मचारी तथा सुरक्षाकर्मी लगायतको सहभागितामा संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत कविन्द्रराज पाण्डेले बताउनु भएको छ।
संविधान दिवसको अवसरमा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल लगायत पालिकाका कर्मचारी सुरक्षाकर्मी टोलि सहित धुलाचौर बजारमा सरसफाइ अभियान गरिएको छ। अहिले विशेषगरी फैलिएको महामारी रोग डेङगो रोगलाई नियन्त्रण गर्नेको लागी बजारमा विभिन्न किसिमको र्याली गरी बजार परिक्रम गरिएको प्रहरी चौकी धुलाचौर इन्चार्ज चित्र बहादुर मल्लले बताउनु भएको छ।
संविधान दिवसको उपलक्ष्यमा गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले सम्पूर्ण पालिकाका कार्यरत कर्मचारी हरुलाई शुभकामना दिनुभएको छ। गाउँपालिकामा भएको विभिन्न किसिमको फोहोरलाई उठाएर डस्मिनमा राखेर सरसफाइ गराइ बढी जोड दिएको छ। पालिका भित्र रहेको हरियो पलाएको घास समेत कटाई सरसफाइ गरिएको गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताउनु भएको छ।
संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ। पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएको पश्चात् संविधान दिवस मनाइन्छ।
असोज ३ गते बुधबार हिमाली गाउँपालिकाका कर्मचारी र सुरक्षाकर्मी टोलिसहित धुलाचौर बजारमा सरसफाइ अभियान गरिएको छ। “२०७२ नेपालको संविधान सफल पारौं” भन्ने मुल नाराका साथ धुलाचौर बजार पुरै परिक्रम गराएको छ। पालिकामा भएको फोहोरलाई स्वच्छ सफा राख्नका लागी सरसफाइ कार्यक्रम सञ्चालन गरेर संविधान दिवस मनाइरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।











