बाजुराः गणतन्त्र नेपालको संविधान २०७२ ले सातौं बसन्तमा प्रवेश गरेको अवसरमा नेकपा माओवादी केन्द्र बाजुराले बजार क्षेत्र सरसफाइ तथा दिप पज्वलन गरी मनाएको छ । नेकपा माओवादी केन्द्रकाे पाटी कार्यालय परिसर र दुनी हाटबजारमा सरसफाई गरी साँझ दिप प्रज्वलन गरी दिपावली मनाउदै संविधान दिवश मनाएको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिवालय सदस्य चन्द्र थापाकाे संयोजकत्वमा उक्त कार्यक्रम गरिएको अखिल नेपाल क्रान्तिकारी जिल्ला अध्यक्ष खेमराज साँउदले बताउनु भएको छ ।
संविधान दिवशको अबसरमा नेकपा माओवादी केन्द्र बाजुराका सदस्य सुरेश खत्री, वाईसियल केन्द्रीय सदस्य एवम् बाजुरा ईञ्चार्ज निर्मला बिष्ट, बिष्णु रावल, अखिल नेपाल क्रान्तिकारी जिल्ला अध्यक्ष खेमराज साँउद, वाइसियल प्रदेश कमिटी सदस्य गोपाल साँउद, वाइसियल बडीमालिका नगरपालिका कमिटी संयोजक प्रेम धामी लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेहको थियो । दिनभरी दुनी हाटबजार सरसफाई गरी साँझ ६ बजे नेपालको नक्सा बनाई दिप प्रज्वलन गरी दिपावली मनाएर संविधान दिवश मनाइएको छ ।
बिभिन्न संविधान दिबश सम्बन्धी कार्यक्रमहरु मनाउदै बेलुका सभा गरी सम्पन्न गरिएको छ । कार्यक्रम सम्पन्न सभामा बोल्दै अधिकाँश नेताहरुले गणतन्त्र नेपालको संविधान २०७२ ले सात बर्ष पुरा गरेकोले जनताबाट निर्वाचित जनप्रतिनिधीहरुबाट जनताका लागि जनताले नै निर्माण गरेकोले यस संविधानले जनताहरुका हक अधिकारहरुलाई संरक्षण गरेको कुरामा जोड दिएका थिए । शुभकामना मन्तब्य दिदै नेताहरुले नेकपा माओवादी केन्द्रको नेतृत्वमा भएको १० बर्षिय संघर्ष र २०६२, ०६३ सालको महान जनयुद्धबाट प्राप्त भएको संबिधानको रक्षका लागी सबैले एक भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।











