बाजुरा- जिल्लाको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल धुलाचौर बजार स्वच्छ र सफा गर्नेका लागि सरसफाइ अभियानमा लागिपरेको बताएका छन।
गाउँपालिका नागरिक स्वस्थ रहनको लागि सरसफाइ पहिलो चरण रहेको छ। स्वास्थ नै धन हो भन्ने जीवन मुख्य विषय रहेको पाइन्छ। आमनागरिक सफा रहन सरसफाइ रहन जरुरी भएको छ। बजार क्षेत्रमा ईलाका भित्र रहेको व्यवस्थापन गर्ने फोहोर संकलन गर्नेका लागि पालिका सहित आफु प्रत्येक्ष रूपामा लागि परिरहेको बताएका छन।
अध्यक्ष मल्लको भनाइ ? यो सालमा जसरी हुन्छ फोहोर व्यवस्थापन गर्नेको लागी केहि रकम समेत छुट्याइएको छ।अबको पछिल्लो समयमा गाउँपालिका नजिकैको बजार क्षेत्रमा फोहोर मुक्त गाउँपालिका बनाउन तर्फ लागेको छु। बजार ईलाका भन्दा गाउँमा बढी स्वच्छ र सफा भएको देखिन्छ ।
यदि बजारमा सरसफाइ भयपछि सम्पुर्ण मान्छेको जनचेतनामूलक क्रियाकलाप सकारात्मक रुपले राम्रो देखिने अवस्था रहेको छ।विकासको पहिलो खुट्टकिला भने गाउँ घर बाट सुरुवात हुनुपर्ने अवस्था हो तर आजभोलि गाउँ घर भन्दा बजार क्षेत्र बढी फोहोर मैला भएको अवस्था रहेको छ।
फोहोर मुक्त गाउँपालिका गर्नेको लागि आगामी वर्ष सम्म फोहोर नियन्त्रण गरेर संकलन गर्ने निर्माणकार्य गर्नेको लागी आफु लागी परेको छु। फोहोर व्यवस्थापन गर्नेको लागि छिट्टै समस्या लाई समाधान गर्ने तर्फबाट लाग्नुपर्ने देखिएको हुँदा फोहोर संकलनको व्यवस्थापन गरिने भएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनु भएको छ।











