बाजुरा– राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.बाजुराको पाँचौं अधिबेशन तथा बाह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाका बिभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक निजामति कर्मचरीहरु शेयर सदस्य रहेको संस्थाको बुधबार पाँचौ अधिबेशन तथा बाह्रौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष शंकर प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो । बडीमलिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख तुल्सीराम रोकाया रहनु भएको थियो । संस्थाले स्थापना भए देखि हाल सम्म भए गरेका कृयाकलापहरु सम्पन्न गरेको थियो । कार्यक्रममा नेकपा एमले जिल्ला कमिटी सचिव भरत बहादुर थापा, जिल्ला समन्वय अधिकारी किरण बि.क. बिशिष्ट अतिथी रहनु भएको थियो । त्यस्तै बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय र मालिका उच्च माविका शिक्षक धिर बहादुर दानी लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साधारण सभाले सुपथ पसल खोल्ने लक्ष राखेको उल्लेख गरिएको छ । त्यस्तै सहकारी संस्थाको मुनाफ कमाउने मात्र उद्देश्य नभई स्वरोजगारको अबसर दिने पनि भएको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई रहेको थियो । कार्यक्रममा शुभकामना दिदै जिल्ला समन्वय समिति प्रमुख तुल्सीराम रोकायाले सहकारी संगसंग मिलेर हातेमालो गर्दै आफुले कमाएको केही अंशलाई बचत गर्दै भविश्यमा आइ पर्ने समस्याहरुको समाधान गर्न र रोजगारीको अवसर जुराउने माद्याम भएकोले एक दिनको खाजा खर्च कटाएर बचत गरी संस्थाले बाह्रौ बर्ष पार गरेकोमा थप प्रगतिको शुभकामना प्रकट गरेका थिए ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बिशिष्ट अतिथीको आशनबाट बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिव भरत बहादुर थापाले सहकारी मुनाफा मात्र कमाउने उद्देश्यका साथ नभई एक ब्यक्ती एक रोजगारको सृजना गर्ने माद्याम भएकोले राष्ट्रसेबक कर्मचारीहरुले सहकारी संस्थाको स्थापना गरी केही ब्यक्तिहरुको रोजकारको अवसरको बाटो खुलेकोले थप प्रगतिको कामना ब्यक्त गर्नु भएको थियो ।

साधारण सभामा अशल ऋणीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । संस्थाबाट नियमित ऋण लिएर साँवा ब्याज भाका ननाघ्दै चुक्ता गर्ने सहकारी संस्थाकी सक्रिय सदस्य धनकला खड्कालाई प्रमण पत्र सहित सम्मान गरेको छ ।











