युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
556 पटक पढिएको

काठमाडौं ः पाँच दलीय सत्ताधारी गठबन्धनबीच चुनावी एकताको पहल चर्को भइरहेको भए पनि प्रमुख दल नेपाली कांग्रेसभित्र भने चरम असन्तुष्टि बढेको छ ।पार्टीको डा। शेखर कोइराला समूहले गठबन्धनलाई भन्दा पार्टीलाई महत्व दिन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आएको छ । तर देउवा भने पार्टी भन्दा गठबन्धनको सभापति बनेर पार्टीका नेताहरुलाई नै पेल्ने रणनीतिमा लागेका छन् ।

स्थानीय तहको निर्वाचनपछि कोइराला समूहले देउवालाई पटकपटक सुझाव दिए पनि देउवा भने अहिलेको आवश्यकता गठबन्धन भएको भन्दै कांग्रेसी नेता कार्यकर्तालाई नै पेल्दै आएपछि स्थिति गम्भीर मोडमा पुगेको उच्च स्रोत बताउँछ ।

देउवा समूहले हरेक कुरामा पेल्न थालेपछि शेखर समूह चुप लागेर नबस्ने अवस्थामा पुगेको छ । कोइराला समूहले प्रतिनिधि सभा र प्रदेश सभामा दलीय गठबन्धन गर्ने हो भने कांग्रेसले सय सिटमा नघटी सहमति गर्नुपर्नेमा अडान लिँदै आएको छ ।
तर देउवा पक्ष भने त्यो भन्दा निकै कममा आएर पनि सहमति गर्न तयार जस्तो देखिएपछि कोइराला समूह रुष्ट भएको छ ।
समानुपातिक लिष्ट बनाउँदा पनि देउवा समूहले एक्लै बढी हावी हुन खोजेपछि कोइराला समूह थप सशंकित भएको छ ।
समानुपातिकमा आफन्त, चुनाव लड्न डराएकाहरु राख्ने हो भने मतदाताले कांग्रेसलाई भोट किन हाल्ने रु भन्ने प्रश्न ब्यापक उठेको छ ।
समानुपातिकमा आसेपासे, नातागोता र सिनियर नेताले नै बस्न खोजिरहेका छन् । युवालाई राजनीतिमा प्रेरित गर्नका लागि र राजनीतिको नीति सिकाउनका लागि विभिन्न क्षेत्र समेटेर समानुपातिकमा उम्मेदवार बनाउनु पर्नेमा आफू निकटकालाई सुरक्षित राख्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएपछि कोइराला समूह सशंकित भएको हो ।
कोइराला समूहलाई समानुपातिकमा पनि पेलिएको एक नेताले बताए । त्यतिमात्र होइन गठबन्धनका कारण पार्टी तहसनहसको अवस्थामा पुगेको भन्दै सचेत गराउन कोइराला समूह लागेको छ ।
पार्टी पुरानै ढर्रामा चल्ने र पुरानै एजेन्डा अनि पुरानै नीतिसँगै कम्युनिष्टहरुको योजनामा समेत चल्न थालेपछि समानुपातिकमा के आधारमा मतदाताले मत हाल्ने रु भनेर प्रश्नसमेत तेर्सिएको छ ।
के गर्दैछ शेखर समूहले रु
शेखर समूहले शनिबारदेखि रणनीतिक कार्यक्रम गर्दैछ । शनिबार दिउँसो १ बजे बानेश्वर ब्यांकेटमा कार्यक्रम गरेर नेतृत्वलाई सचेत बनाउने भएको हो ।
त्यसअघि बिहीबार कोइराला समूहको रणनीतिक छलफल भएको छ । उक्त छलफलमा सहभागी एक नेताका अनुसार अहिलेलाई रणनीति बनाएर पार्टीलाई सचेत गराइने छ ।
यदि पार्टी आफ्नो नीति र धारणाभन्दा बाहिर गयो र एकलौटी ढङ्गले चल्यो भने चुनावसम्म गम्भीर मोडमा पुग्ने निष्कर्ष बैठकले निकालेको छ ।
सहभागी एक नेताले भने, ‘समानुपातिक लिष्ट पनि त्यसरी नै पेलेको देखियो । त्यसमाथि गठबन्धनका कारण झन् तहसनहस हुने अवस्था छ । नेतृत्वले तत्काल ध्यान नदिने हो भने अहिले रणनीतिक छलफल चलाउने छौं । पेल्ने अवस्था रहिरहने हो भने खवरदारी सभासमेत गर्नेछौं ।’उनले अगाडि भने, ‘गठबन्धनका कारण पार्टी तहसनहस हुने नै भयो । जित्ने ठाउँमा अरुलाई दिने र हार्ने ठाउँमा आफूले लिने अवस्था आएपछि देशभर कांग्रेस खुम्चिने स्थिति छ । यसको देउवा पक्षले पूरै बेवास्ता गरेको देखिएको छ ।’उनले युवाहरुबीच पनि तीव्र असन्तुष्टि बढेको बताए । युवालाई ठाउँ नै नराखिएपछि ठूलो जत्थाले विद्रोह गर्ने सम्भावना पनि उत्तिकै रहेको छ ।गठबन्धनसँग एकता गर्न खोज्ने गर्दा कांग्रेस आन्तरिक रुपमा कमजोर देखिँदासमेत नेतृत्वले चासो नदिएपछि महामन्त्री गगनकुमार थापा गठबन्धनका पछिल्ला तीन बैठकमा सहभागी नै भएका छैनन् ।ती नेताका अनुसार पार्टीले देशका लागि उठाउनु पर्ने मुद्दाहरु नउठाएपछि र पुरानै ढर्रामा जान खोजेपछि कांग्रेस धेरे ठाउँबाट बढारिने सम्भावना रहेको छ ।बिहीबारको बैठकमा डा। शेखर कोइराला, अर्जुन नरसिंह केसी, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, डा। मिनेन्द्र रिजाल लगायतका नेताहरु सहभागी रहेका थिए ।समानुपातिकमा जस्तै देउवाले यसरी नै पेल्दै जाने हो भने देशभर नै प्रत्यक्ष निर्वाचन बहिस्कार गर्नेसम्मको योजना बनाउन सकिने एक सहभागी सदस्यले बताए । हाम्रा कुरा वाट साभार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!