युनिकोड    राशिफल    एफएम रेडियाे                        
68 पटक पढिएको

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएर दीर्घकालीन सहकार्य रहेको बताएका छन् ।
अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताए ।
आफूहरू एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको स्वीकार गर्दै उनले अब मुलुकमा फेरि समृद्धि, विकास र समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरू सहकार्यमा आएको पनि बताए ।
नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । यस क्रममा उनले समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरू मर्न चाहेको भन्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरेका थिए ।
अध्यक्ष दाहालले भने, ‘हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्ध नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि एकै ठाउँमा केन्द्रित हुने हो । चुनाव आइ नै हाल्यो । चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिन्हबाट जाने निर्णय गरेका छौं । तर यो चुनावका लागि मात्रै गरिएको निर्णय होइन । तपाइँहरूलाई के नलागोस् भने दुई जना बसेर चुनावका लागि मात्रै गरे । तर, यसको लागि मात्रै गरिएको छैन । यो त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ । र, यो देशलाई फेरि एकचोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौं । हामी हिजो पनि एकअर्काको पूरक भएर आन्दोलनलाई यहाँसम्म ल्याएको हो । बानी, बेहोरा र स्वभावको हिसावले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर फेरि हामी दुइटा एक ठाउँमा हुँदा एकको अभाव अर्कोले पुर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो । अब हाम्रो जीवनको धेरै वर्ष त बाँकी छैन । बढीमा हामीले हिसाव गरेका छौं एक दशक । हाम्रो प्रत्येक काम एक दशकमा एउटा गरेको देखिन्छ । हामीले एक दशक लगाएर जनयुद्धको तयारी ग¥यौं । एक दशक जनयुद्ध ग¥यौं । एक दशक संविधान बनाउनेमा बितायौं । अब एक दशक नयाँ प्रयोग गर्ने भनेर हामी आ–आफ्नो ढंगले गयौं । परिणाम त्यति राम्रो देखिएन । अबको दशक फेरि एकठाउँ केन्द्रित भएर समाजवादको नयाँ मोडेल दिनुछ यो देशलाई ।’
आफूहरूले संयुक्त रुपमा समाजवादको नयाँ मोडेल ल्याउन संघर्ष गर्ने र त्यसमा साथ दिन सबैलाई उनले आह्वान समेत गरेका थिए । अध्यक्ष दाहालले भट्टराई र आफूबीच बानी, व्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको उल्लेख गर्दै अब मुलुकलाई समृद्धिको अभाव हुन नदिने गरी अघि बढने संकल्प लिएको पनि पटकपटक दोहो¥याएका थिए ।
२०७२ को असोज पहिलो साता दाहालसँगको ३ दशक लामो राजनीतिक सम्बन्ध तोड्दै बाबुराम भट्टराईले २०७३ जेठमा नयाँ शक्ति पार्टी सञ्चालन गरेका गरेका थिए । त्यसबेला उनले ’अबको निकास समावेशी विकास, समृद्धि सम्भव छ हाम्रै पालामा’ नारासहित अब माओवादी ’जनयुद्ध’को औचित्य समाप्त भएको घोषणा गरेका थिए । जुन पार्टी २०७८ मा विघटन भयो ।
यद्यपि उनले २०७६ वैशाखमै नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरमसँग एकीकरण गरेका थिए । जुन पार्टी हाल विघटन भइसकेको छ । पछिल्लो समय भट्टराईले माओवादी केन्द्रसँग तालमेल गरी आगामी मंसिरमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । मंसिरमा हुने निर्वाचनपछि भने माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गर्ने तयारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!