युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
527 पटक पढिएको

धनगढी– सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान भइरहेको छ। प्रदेशको बैतडी जिल्लास्थित पाटन नगरपालिकाको कागसेली, डडेल्धुराको जोगबुडा र कञ्चनपुरको बेलौरीमा १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहेको हो।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धानले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको जनाएको छ। प्रदेशको कञ्चनपुर तथा पहाडी जिल्ला डडेल्धुराको जोगबुडा र बैतडीको पाटनमा लगाइने रैथाने धानको सुख्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ ? भनेर अध्ययन, अनुसन्धान थालिएको हो।
परम्परागत धानको खेती गर्न छोडेर आयातित धानको बिउमा निर्भरता बढेको भन्दै रैथाने धानको बिउ जोगाउन र खेती गर्ने प्रणालीको सिफारिस गर्न अनुसन्धान भइरहेको बताइएको छ। रैथाने जातको धानमा सुख्खा सहनसक्ने क्षमताको अध्ययन गरि निष्कर्ष निकाल्न लगातार ३ वर्ष अनुसन्धान गरिने अनुसन्धान टोलीका सदस्य एवं कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्तले बताए।
‘मान्छेले परम्परागत धानको खेती गर्न छोडे। बाहिरबाट हाइब्रिड बिउ लिएर लगाउन थाले, यसरी पूरानो धान विस्थापित गरेर अरुमै निर्भर हुने देखियो,’ उनले भने, ‘हाम्रोमा पाइने धानको बिउ बाहिर लगेर त्यहाँ कपिराइट लागेर फेरि हामीले किन्नु पर्ने अवस्था हुन्छ। हाम्रा परम्परागत धानहरूको सुख्खा सहनसक्ने क्षमता पत्ता लगाउन यो अनुसन्धान थालिएको हो।’
रैथाने धानमा अनुसन्धान गर्न विश्वविद्यालय अनुदान आयोगले बजेटको व्यवस्था गरेको छ। त्रिभुवन विश्वविद्यालयको वनस्पति विभागका प्रमुख प्राध्यापक डाक्टर रामकैलाशप्रसाद यादव, डाक्टर चन्द्र पोखरेल, डाक्टर लालबहादुर थापा र कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्तले रैथाने धानको अनुसन्धान गरिरहेका हुन्। बैतडीको पाटन नगरपालिकाको कागसेली, डडेल्धुराको परशुराम नगरपालिकाको परिगाउँ र कञ्चनपुरको बेलौरीमा ६० प्लटका दरले एक सय ८० प्लटमा लगाइएको धानमा अनुसन्धान भइरहेको छ।
‘अहिलेको अनुसन्धान १२ जातको धानमा भइरहेको छ, रैथाने धानका राम्रा गुण के रहेका छन्, उत्पादन बढी हुने जात कुन हुन् भनेर पत्ता लगाउन अनुसन्धान गरिन लागेको हो। सबै विवरण आउन ३ वर्ष लाग्ने छ।’, पन्तले भने।
पहाडी क्षेत्रको पाटनको कागसेलीमा त्यहाँको स्थानीय चमडे धान, झुम्की, रातोमार्सी र बातेबुढो धानको सुख्खा सहनसक्ने क्षमताको अध्ययन भइरहेको छ।
डडेल्धुराको जोगबुढामा माइती धान, झिनी, शान्ती र चिउडी जातको धान अनुसन्धानका लागि छनोट गरिएको छ। यस्तै बेलौरीमा भने अन्जना, घिउपुरी, लालचन्द र सुठीयारी जातको रैथाने धानमाथि अनुसन्धान भइरहेको छ।
रैथाने जातको धानको अध्ययन गर्न तीन फरकफरक भौगोलिक अवस्थितिको छनोट गरिएको छ। रैथाने धानको सुख्खा सहनसक्ने क्षमता कस्तो छ भन्ने निष्कर्ष निकाल्न थप दुई वर्ष लाग्ने छ। त्यसपछि भने रैथाने धानको उत्पादकत्व बढाउन कस्तो किसिमले धान खेती गर्न उपयुक्त हुने भनेर अनुसन्धान टोलीले सिफारिस गर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!