युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बझाङमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु | कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा १३ जना घाइते | गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी | भरुवा बन्दुक फेला | नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराको आमन्त्रित सदस्यमा रोकाया मनोनीत | जिप व्यावसायिकले भाडा मनोमानी लिएको यात्रुको गुनासो | भुकम्प आउने हल्लाले रातभर जागराम, अफवाह फैलाउनेलाई कारबाहीको माग | सहिद दिवसको अवसरमा स्व. शाही लाई सामजिक राजनितिक क्षेत्रलाई कविता मार्फत व्यक्त | नेविसंघ बाजुराले सहिद दिवसको अवसरमा बाजुरा क्याम्पस परिसर भित्र सरसफाई गरेर मनाए | नेविसंघ बाजुरा क्याम्पस द्वारा शहिद दिवसको अवसरपारी क्याम्पस सरस |
38 पटक पढिएको

बाजुरा- बाजुराका कपुर अधिकारीले यसपालि आफ्नै बारीमा ८ वटा कागतीका बोट रोपे। त्यसबापत् उनले ४० किलो चामल पाए।उनी दंग छन्। यति चामल लिन उनी वर्षेनी घन्टौं हिँडेर सरमुकाम जानुपर्थ्यो। कहिले खाद्य डिपोको अघि लाइन बस्नुपर्छ। त्यहाँ पनि पाइएन भने बजारका खुद्रा पसलमै। डिपोमा भन्दा बजारमा चामलको भाउ महंगो छ।

अधिकारी हिमाली गाउँपालिका-७ का किसान हुन्।

किसान भए पनि उनको परिवारमा वर्षेनी खाद्यान्नको अभाव हुने गर्छ।

उनको जमिनमा १२ क्विन्टल धान, र डेढ क्विन्टलसम्म गहुँ, फल्छ। त्यसले वर्षको पाँच महिनामात्रै खान पुग्छ। उनको परिवारमा ६ जना छन्।

बाँकी ७ महिना गाउँमा आउने विकास योजनामा काम गरेबापत् पाइने पैसाले खाद्यान्न किनेर खान्छन्।

‘पोहर पनि लकडाउन भयो, यस वर्ष पनि यस्तै छ काम भएको छैन, झन् खाद्यान्नको समस्या छ, किनेर खाने मान्छेलाई बढी आपत् छ,’ उनले भने।

अधिकारीमात्र होइन उनका धेरै छिमेकीको समस्या यस्तै हो। उब्जनी कम हुन्छ। त्यसमाथि गत वर्ष आएको बाढीले त कतिपयको खेतबारी नै लगिदिएको थियो। त्यसैले यस वर्ष यो गाउँपालिकामा खाद्यसंकट चर्को छ।

यही वर्ष उनको गाउँपालिकाले नौलो योजना ल्याएको छ, जसले अधिकारीजस्ता स्थानीयलाई चामल दिलाउँछ।

संकट टार्न हिमाली गाउँपालिकाले ल्याएको कार्यक्रम हो -खाद्य सुरक्षाका लागि वृक्षारोपण।

यो कार्यक्रम लागू भएपछि केही महिनाका लागि भए पनि घन्टौं हिँडेर चामल किन्न जानु पर्ने स्थानीयको बाध्यता हटेको छ।

कार्यक्रमले स्थानीयलाई फलफूलका बिरूवा रोपेबापत् चामल दिलाउँछ।

सोहीअनुसार अधिकारीले बारीमा ८ बोट कागती रोपेर ४० किलो चामल पाएका हुन्।

उनले २ बोट आँप र एक बोट अनार रोपेर प्रत्येक बोटको ५ किलोका दरले थप चामल पाएको बताए।

गत वर्ष असारतिर उनी गाउँमै थिए। गाउँपालिकाका केही कर्मचारी आए। कर्मचारीले गाउँमा बिरूवा वितरण गरिने र एक बोट रोपेबापत् ५ किलो चामल पाइनेबारे खबर सुनाए।

‘कर्मचारीले त्यसो भनेपछि मैले कागती, आँप र अनारका बोट रोप्ने भनेर नाम लेखाएँ,’ उनले भने।

त्यसबेला कर्मचारीले परिवारको संख्या, जमिन कति छ, के खेती हुन्छ भनेर पनि सोधेका थिए।

नाम टिपेर गएको दुई/तीन महिनापछि पालिकाले गाउँमा बिरूवा वितरण गर्न थाल्यो।

उनले १२ बोट कागती, २ बोट आँप र एक बोट अनारको पाए।

‘घरनजिकै आँप लगाएको छु, अलि परतिर अनार र खेतमा कागती लगाएको छु,’ उनले भने।

भदौ/असोजतिर उनले यी बिरूवा रोपेका थिए। त्यसको दुई महिनापछि फेरि पालिकाबाट कर्मचारी आइपुगे। यसबेला कर्मचारीले उनले लगाएका बिरूवा कति हुर्के भनेर चिनो लगाएर गएका थिए।

गाउँपालिकाबाट उनले ती ११ बोट हुर्काएबापत यस वर्ष ५५ किलो चामल पाइसके।

‘सुरूमा पुसतिर एक बोटको अढाई किलो र फागुनमा अरू अढाई किलोका दरले चामल मिलेको थियो,’ उनले भने।

पालिकाले पाँच वर्षसम्म यसैगरी बोट हेर्दै चामल दिने भएपछि उनी खुसी छन्।

‘आधा वर्ष खान नपुगेर कुलो, पँधेरो बनाउने, तटबन्ध गर्नेजस्ता योजनामा काम गरी आएको पैसाले किनेर खान्छौं, अहिले बिरूवा रोपेर चामल पनि पाइएपछि राम्रो भएको छ,’ उनले भने।

यस वर्ष बिरूवा रोपेर पाइएको चामलले दुई महिना खान पुगेको उनले बताए।

बाँकी पाँच महिनाका लागि उनले कोल्टीको खाद्य डिपोबाट चामल किने, एक पटक गाउँ नजिकैको बाजोबगर बजारबाट पनि किनेको बताए।

उनका अनुसार  लकडाउनका बेला त्यो बजारमा चामल प्रतिक्विन्टल २ सय रुपैयाँ महंगो भएको छ।

‘बजारमा ४० केजीको पहिले १८ सय थियो, अहिले कोरोना आएपछि २ हजार परिरहेको छ, डिपोमा  ५० केजीको २४ सय पर्छ,’ उनले भने।

वडा नम्बर ७ बाजका जसी लुहारको जमिनमा उब्जनी भएको अन्नले बढीमा डेढ महिना खान पुग्छ।

यसपटक बिरूवा रोपेरै उनले पनि गाउँपालिकाबाट ६० किलो चामल पाए।

‘मैले १५ बोट लगाएको यो वर्ष १२ बोट बाँचेर ६० किलो चामल मिल्यो,’ उनले भने।

त्यसबाट २ महिनाजति परिवारलाई खान पुगेको उनले बताए।

उनलाई पनि गाउँपालिकाको यो काम राम्रो लागेको छ।  धेरै बोट लाउनु पर्ने रहेछ, धेरै चामल  मिल्ने रहेछ भन्ने उनलाई लागेको छ।

गाउँमा चौकीदारी गर्ने उनी त्यही काम गरेबापत् आउने खाद्यान्नले बाँकी महिनाको जोहो गर्छन्। किनेर पनि खानुपर्छ।

यस्तै, स्थानीय मोहनजंग शाहीले गाउँपालिकाबाट पाइएको २५ बोट बिरूवा रोपेका छन्।

उनले ओखर ५, अनार ३ , कागती, ७, आँप ५ र आरू ५ बोट लगाएको बताए।

‘२५ बोट लगाएकोमा एक क्विन्टल २५ किलो चामल मिल्यो,’ उनले भने।

यसले उनको परिवारलाई ४ महिना खान पुग्यो।

‘आफ्नो खेतको उत्पादनले २ महिना चल्थ्यो। थप ४ महिना यसले पुग्ने भयो। बाँकीका महिना किनेर खाने,’ उनले भने।

हिमाली गाउँपालिकामा सिंचाइ नभएर अन्न उत्पादन कम हुन्छ। फलफूल तरकारी भने यहाँ राम्रो फल्छ। स्याउ,  ओखर, आरू, कागती, अनार, आँपजस्ता फलहरूका लागि उपयुक्त मौसम छ।

फलफूलको सम्भावना राम्रो भए पनि व्यावसायिक रूपमा खेती  गरिएको छैन। अन्न कम उत्पादन हुने भएकाले यहाँ खाद्यान्न अभाव हुने गरेको हो।

‘अहिले पनि खाद्यान्नको अभावै छ। नयाँ बाली गहुँ भर्खरै भएर एक डेढ महिना पुग्ला। भात खाने त किनेर हो,  किन्न नसक्नेलाई अभावै छ,’ अधिकारीले भने।

यस वर्ष बिरूवा रोपेबापत् गाउँपालिकाले चामल दिएर धेरैलाई राहत भएको छ।

यी बिरूवा हुर्किएर फल लाग्न थालेपछि बजार पाइयो भने फाइदा होला भन्ने सोच किसानहरूको छ।

‘पहिला पनि बिरूवा लगाउनुपर्छ भन्ने थाहा थियो  तर बिरूवा पाइँदैनथ्यो। अहिले बिरूवा पनि पाइयो। चामल पनि पाइएपछि लगाउन मन लाग्यो,’ अधिकारीले भने।

भोलिका दिनमा बिरूवा हुर्केर बढेर फल दिने भएपछि व्यावसायिक रूपमा फलफूल बिक्री गर्न पाउने उनको आशा छ।

अहिले उनको वडाका सबैले बिरूवा लगाएका छन्। पोहोर भारत जाँदा छुटेकाले पनि अहिले भने अहिले लगाउँदै छन्।

हिमाली गाउँपालिका वडा नम्बर–७ का अध्यक्ष जयबहादुर अधिकारीले खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम यसै वर्षदेखि सुरू भएको बताए।

बिरूवा रोप्नेलाई खाद्यान्न दिन उक्त कार्यक्रम ल्याइएको उनले बताए।

अहिले भएका बिरूवा अर्को वर्ष जोगाइ राख्नेलाई फेरि ५ किलोका दरले चामल दिइने उनले बताए। यो कार्यक्रम ५ वर्ष चल्ने छ।

‘पाँच वर्षपछि हरेक परिवारले फलफूल उत्पादन गरेर आर्थिक लाभ पनि लिन सकून् भन्ने लक्ष्य राखेका छौं,’ उनले भने।

उनले यो कार्यक्रमले खाद्यान्न अभाव केही हदसम्म टारेको बताए।

‘यहाँ २५ प्रतिशतमात्र खाद्यान्न उत्पादन हुन्छ। त्यसैले हरेक परिवारलाई फलफूल उत्पादनतिर जोड्न र खाद्य अभाव पनि कम गर्न यस्तो कार्यक्रम गाउँपालिकाले चलाएको हो,’ उनले भने।

गाउँपालिकाले आवश्यक बिरूवा धनगढी, नेपालगन्ज र केही छिमेकी  पालिकाहरूबाट ल्याएको थियो।

सुरूमा गत वर्ष नै प्रत्येक वडाका नागरिकको परिवार संख्याका आधारमा  बिरूवाको माग संकलन गरिएको थियो।

आवश्यकताका आधारमा बिरूवा खरिद गरिएको उनले बताए।

‘अहिले गाउपालिकाका करिब  सबै परिवारले बिरूवा लगाए र खाद्यान्न पाएका छन्, केही छुटपुटको नाम संकलनको काम पनि भइरहेको छ। जेठ ३ गतेपछि उहाँहरूलाई पनि समेट्छौं,’ उनले भने।

स्थानीयले रोपेका फलफूलका बिरूवालाई चाहिने सिंचाइ र रेखदेखको परिवार आफैंले गर्नुपर्छ। बिउ र रोग लागे गाउँपालिकाका  प्राविधिकले सहयोग दिन्छन्।

वडा नम्बर ५ का अध्यक्ष अम्मलाल कार्कीले पनि आफ्ना वडाका दुई सय ६० घरधुरीले बिरूवा रोपेर पहिलो किस्ता खाद्यान्न पाइसकेको बताए।

‘वडामा बोट सुकेकाले पाएनन्। संरक्षण भएका बोटको  प्रतिबोट ५ किलोका दरले सबैले खाद्यान्न पाए,’ उनले भने।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँपालिकाका करिब २२ सय  घरधुरीलाई ३४ हजार बढी बिरूवा रोपेबापत् १७ सय क्विन्टल चामल वितरण गरिएको बताए।

‘चामल दिइएको बिरूवा बचाउनलाई हो, पाँच वर्षपछि रूख पनि हुने, फलफूल बेचेर पालिकाको आम्दानी पनि बढ्छ, यहाँका मान्छे आत्मनिर्भर बनून् भन्ने मुख्य लक्ष्य हो,’ उनले भने।

उनले पाँच वर्ष चल्ने यो कार्यक्रमका लागि सुरूमा ५० लाख, चालु आर्थिक वर्षमा वर्ष १ करोड बजेट छुट्याइएको बताए। आगामी वर्ष पनि बजेट छ्ट्याएर काम गरिने उनको भनाइ छ।

यो गाउँपालिले त खाद्यसंकट घटाउन उपाय निकाल्यो। बाजुराका अरू स्थानीय तह पनि खाद्य संकटको चपेटामा छन्।

बूढीनन्दा नगरपालिका, स्वामी कार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका मुख्य गरी बढी खाद्य संकट हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापतीका अनुसार यी स्थानीय तहमा २० प्रतिशतमात्रै खाद्यन्न उत्पादन हुने गरेको छ।

खाद्यान्नको मागअनुसार उत्पादन कम भएपछि यहाँका स्थानीयहरूले बजार तथा खाद्य डिपोबाट किनेर खाने गरेको उनले बताए।

‘जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा १३ हजार क्विन्टल चामल आएको र त्यसैले तत्काल खाद्य पुगेको छ, बाढी पहिरोले असर गरे गाह्रो हुन सक्छ’ उनले भने।

२०६८ सालको जनगणना अनुसार बाजुरामा खाद्यान्नको माग ३१ हजार ७ सय ८१ मेट्रिक टन रहेको छ।

खाद्य डिपोमा मागअनुसार खाद्यान्न नपाइने भएपछि कतिपयले बजारमा चर्को मूल्यमा खरिद गर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!