बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा झण्डा विधिको कार्यक्रम सम्पन्न गरिएको छ।
झण्डा विधिको कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षता कार्यक्रम गरिएको छ। पालिकाका नि प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी र धुलाचौर प्रहरी इन्चार्ज चित्र बहादुर मल्ल अथितिको रहनु भएको छ ।
गाउँपालिका कर्मचारी जनप्रतिनिधि बीचमा कार्यक्रम गरिएको छ। असोज ११ गतेको मंगलवार दिनमा झण्डा पुजा गर्ने दिन हुँदा गाउँपालिकामा विधिको रूपमा पुरा गर्दै लोकराज पाण्डेले पुजा आराधना गरेर मनाएका छ्न।
गाउँपालिकामा रहेको मुख्य प्रवेश ढोकामा रहेको पुरानो नेपालको झण्डालाई निकालेर नयाँ झण्डा लगाएर कार्यक्रम गरिएको छ। पालिकामा झण्डा पुजा संगै विभिन्न विधि पुर्यार एक कार्यक्रम गरिएको गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।
झण्डा पुजापाट संगै गाउँपालिका कर्मचारी र जनप्रतिनिधि तथा सुरक्षाकर्मिलाई पुजारीको हातबाट टीका ग्रहण गरेका छन। सबैलाई झण्डा दिवसको शुभकामना गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले दिएर एक कार्यक्रम सम्पन्न गरिएको पालिका कर्मचारी कर्ण बहादुर रावलले जनाएको छ।











