बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका हिन्दुहरुको महान चाडपर्व विजया दशमीको शुभकामना व्यक्त गरिएको छ।
हिन्दुहरुको महान चाडपर्व विजया दशमी २०७९ सालको सुखद उपलक्ष्यमा गाउँपालिका वासी सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनी हरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए।
शक्तिवादका अनुयायीहरूका लागि, यो देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ। हिन्दू धर्मशास्त्रमा महिषासुर दानवले देवलोक (देवताहरू बस्ने संसार)मा आतङ्क मच्चाएका थिए तर दुर्गाले राक्षसहरूलाई मारेकी थिइन्।दसैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबीच भएको युद्धको प्रतीक हो। दशौं दिन त्यो दिन हो जब दुर्गाले अन्ततः उनलाई पराजित गरेकी थिइन्। अन्य हिन्दूहरूका लागि यो चाड रावणमाथि रामको विजयको प्रतीक हो जुन असत्य माथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाउने छ।
विजया दशमी २०७९ को सुखद उपलक्ष्यमा गाउँपालिका वासी तथा सम्पुर्ण नेपालीहरू सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले गरेका छन।











