बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को बोल्डिक खोलामा पिलुचौर बाट धुलाचौर आउदै गरेको जिप दुर्घटना भएको छ।
दुर्घटना परेको जिप नम्बर सुदुरपचिम ०१००१ ज १२४१ को गाडी रहेको छ। जिपमा जम्मा ५ जना यात्रु २ जना गाडी साउ र गाडी चालक सहित ७ जना रहेको धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लले जानकारी दिनुभएको छ।
गाडी चालक रगु नाथ वर्ष ४५ को रहेका छन। भने गाडी साउ खगेन्द्र रावत वर्ष २३ को रहनु भएको छ। घाइते हुने गाडी साउ खगेन्द्र रावतलाई दायाँ हातको तिन औंलामा चोटपटक लागेको छ। सामान्य घाइते लाई धुलाचौर स्वास्थ सेवामा उपचार भैरहेको धुलाचौर प्रहरी चौकीले बताएको छ।











