बाजुरा- कोल्टी देखि धुलाचौर सम्मको कच्ची सडकमा गाडी भाडा नियम विपरीत लिने गरिएको छ।
हिन्दुहरुको महान चाडपर्व विजया दशमी मनाउन जिल्ला भन्दा बाहिर बाट आउने क्रम दिनहुुँ दिन बढ्ने गरेको पाइन्छ। बाहिर बस्ने रोजगारी तथा पढ्नेहरू को विशेषगरी गाउँमा आउने मान्छेहरूको चाप बढदो अवस्था रहेको छ।
लामो समयदेखि काठमाडौ बसाई पछि दसैं मनाउन सहर छोडेर गाउँमा जानको लागी आयो हो। कोल्टी बाट धुलाचौर जानको लागि महँगो गाडी भाडा दर तिरेर यात्रा गर्नु पर्ने अवस्था रहेको छ। आफु एक वर्ष घर बाट जादा ३ सय रुपैया दिएर गएको थिए। भने अहिले आउँदा गाडी भाडा ५ सय रुपैया तिरेर कोल्टी देखी धुलाचौरको यात्रा भएको यात्रु सावित्रा रावलले जानकारी दिएको छ।
जिल्ला बाहिर पढाई दसैं बिदा भएर घरमा दसैं तिहार मनाउनको लागी आएको हो। घरमा आउँदा गाडी भाडा महँगोमा परेर यात्रा हुँदा यात्रु संकट अबस्थामा परेका छन। बाहिर बाट गाडी चड्नु भनेको यात्रु भाडा मनोमानी ढंगले भाडा लिने गरेको बल्देप पाण्डेले यात्रु जानकारी दिएको छ।
कोल्टी देखी धुलाचौर सम्मको सडकको लम्बाई १७ किलोमीटर रहेको छ। उक्त सडकमा गाडी भाडादर ५००/- (पाँच सय) रुपैयाँ लिने गरेको पाइन्छ। असोज ७ गते शुक्रबार जिल्लामा बसेको बैठकको निर्णय अनुसार कच्ची सडकमा प्रति किलोमीटर १८ रुपैया भाडा दर कायम गरिएको छ।











