बाजुरा– मौसम परिवर्तन संगै आएको हावा हुरीले जनजिवन निकै नै प्रभावित भएको छ । एकसाता सम्म रहने मौसम बदलीले हावापानीमा परिणत ल्याएको छ । मौषम पुर्वानुमानका अनुसार एक हप्ता सम्म मौषम खरावी रहने भएको छ । मौषम परिवर्तन संगै चिसो पनि निकै नै बढेको छ ।
यसै क्रममा जिल्ला सदरमुकाम मार्तडीमा पनि हावा हुरीले छानाहरु भत्काएको छ । सदरमुकाम मार्तडीका अस्थायी टिनले बनेका टहराहरु हावा हुरीले भत्काएको छ भने बिभिन्न कार्यालय तथा संघ संस्थाका हेडिङ्गबोर्डहरु पनि हावाहुरीले उडाएर नोक्सान गरेको छ।
यसरी बेगमा चलिरहेको हावा हुरीले दुर्घटनानिम्त्याउने भएकोले आवतजावतमा सावधानी अपनाउन जिल्ला प्रशासन बाजुराले सचेत गराएको छ । दशै सैगै चलेको हावाहुरीले अधिकाँश स्थानियहरु त्रसित भएका छन । दशैको चहलपहलले बन्द भएको सदरमुकाम मार्तडीको अवस्था उसैत सुनसान थियौ त्यसैमा भयानक हावाहुरीले झनै शुन सान भएको छ । मौषम पुर्वानुमानका अनुसार एक हप्ता सम्म पानी र हावा हुरी रहने भएकोले देश भरी सैलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
पानी संगै चलेको हावा हुरीले जाडो पनि निकै नै बढेको छ । कठ्याङ्ग्रीदो चोसोका कारण घर बाहिर निस्कन पनि निकै नै असहज भएको छ । एक साता लामो समय सम्म भयानक हावा हुरीले ठुलो क्षति हुन सक्ने सम्भावना देखिएको छ ।











