काठमाडौं– अछाम क्षेत्र नं. १ बाट नेकपा एमालेले झपट बोहोरालाई उम्मेद्वारी बनाएको छ । भिम रावलको आफ्नै क्षेत्रबाट बोहरालाई उम्मेद्वारमा अगाडी सारेको छ । गृहमन्त्री र उप प्रधानमन्त्री भैसकेका रावलालाई आफ्नै क्षेत्रबाट पछाडी पार्दै एमालेले बोहरालाई उम्मेद्वार बनाएको छ ।
नेकपा एमालेका नेता भीम रावलको क्षेत्रबाट झपट बोहोरा उम्मेदवार बन्ने भएका छन् । एमालेले रावलको सट्टा बोहरालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । अछाम क्षेत्र नं. १ बाट बोहरालाई टिकट दिएको एमाले स्रोतले जनाएको छ। माओवादीबाट एमाले प्रवेश गरेका बोहरा एमाले केन्द्रीय सदस्य एवं अछाम इन्चार्ज हुन् । एमालेको अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले रावलको नाम अछाम क्षेत्र नम्बर १ का लागि सिफारिस गरेको थियो ।











