बाजुरा– नेकपा एमाले बाजुराबाट संघ र प्रदेशका लागि उम्मेद्वारको टुँगो लगाएको छ । संघका लागि नेकपा एमाले बाजुराका नेता कर्ण बहादुर थापा, पुर्व संघिय संसद लाल बहादुर थापा र पुर्व प्रदेश संसद प्रकाश शाह सिफारिस भएका थिए ।
लामो समयको समिकरण पछि नेकपा एमाले बाजुराबाट केन्दीय संसदका लागि कर्ण बहादुर थापाले टिकट पाएका छन । थापा पुर्व उद्योग मन्त्री पनि हुन । त्यस्तै २०७४ सालको निर्वाचनमा संघिय संसद भैसकेका नेता लाल बहादुर थापाले भने प्रदेशमा चित्त बुझाउनु परेको छ । लामो समयको मिलन समिकण पछि नेकपा एमाले बाजुराबाट संघको लागि सिफारिस भएका नेता लाल बहादुर थापालाई बाजुरा क्षेत्र नं. (ख) बाट प्रदेश संसदमा उम्मेद्वार बनाएको छ ।
त्यस्तै २०७० सालको संविधान सभा निर्वाचनमा बाजुराबाट संबिधान सभा सदस्यमा बिजयी कर्ण बहादुर थापालाई बाजुरा जिल्लाको संघिय उम्मेद्वार बनाएको छ । नेता थापा शुसिल कोइराला प्रधानमन्त्री हुँदा ६ महिने उद्योग मन्त्री भएका थिए । उनलाई मनमर्जी मन्त्री पदमा रहेर बिदेश भ्रमणमा गएर फजुसल राज्यको खर्चमा बद्मासी गरेको आरोप लगाउदै पदबाट च्युत गराउदै एमालेकै महेश बस्नेतलाई उद्योग मन्त्रीमा मनोनयन गरेको थियो ।
नेता थापालाई कैलालीमा भएको दोस्रो निर्वाचनमा आचारसंहिता उलंघन गरेको भन्दै रु १०० जरिवाना समेत तिराइएको थियो । त्यस्नै नेता कर्ण बहादुर थापाले कैलालीको अत्तरियामा एक पसलको काउन्टरमा मुक्का हानी सिसा फुटाएकोमा स्थानियहरुले घेराबन्दी समेत गरेका थिए ।
नेकपा एमले बाजुराबाट बाजुरा क्षेत्र (क) बाट प्रदेश सभा संषदका लागी पुनः बलदेश रेग्मीलाई दोहोर्याएको छ । नेता बलदेब रेग्मी २०७४ सालको निर्बाचनमा नेपाली काँग्रेसका नेता जनकराज गरीलाई हराउदै प्रदेश संषदमा बिजयी भएका थिए ।
२०७४ सालको संघिय निर्वाचनमा संसद भएको नेता लाल बहादुर थापाले भने एक तह घटेर २०७९ सालको निर्वाचनमा प्रदेशको टिकटमा चित्त बुभझाएका छन । नेकपा एमालेको आन्तरिक समिकरण अनुसार कर्ण बहादुर थापा लाल बहादुर थापा भन्दा बलियो उम्मेद्वार भएकोले नेता लाल बहादुर थापालाई प्रदेशमा झर्न बाध्य बनाएको सावित हुन्छ ।
त्यस्तै प्रदेश (क) बाट नेकपा एमाले बाजुराबाट दयाल बहादुर शाहीलाई संघका लागि समानुपातिक उम्मेद्वार बनाएको छ ।