बाजुरा– पाँच दलिय गठबन्धनको लामो समयको भाग वण्डा पछि बाजुराबाट पनि उम्मेद्वारको टुङ्गो लागेको छ । जिल्लाबाट नेपाली काँग्रेसबट ७ जनाको संघका लागि सिफारिस भएको थियो । केन्द्रमा लामो समय देखि गठबन्धनको भागवण्डा मिलाउन निकै सकस परेको थियो । यसै अनुसार प्रतिनिधी सभाका लागि नेपाली काँग्रेसका सह–महामन्त्री बद्री पाण्डेलाई टिकट दिइएको छ । प्रदेश सभाका लागि पनि उम्मेद्वारको टुङ्गो लागेको छ ।
बाजुरा क्षेत्र नं. (क) बाट पाँचदलिय गठबन्धनबट नेकपा माओवादी केन्द्रका कर्ण बि.क (केशव) ले टिकट पाएका छन भने क्षेत्र नं. (ख) मा गठबन्धनबाट नेपाली काँग्रेसका पदम बहादुर शाहीले टिकट पाएका छन ।
यता नेपाली काँग्रेसका निवर्तमान सभापति कविराज पण्डितलाई भने पछाडी धकेलेको छ । २०७४ सालको संघिय निर्वाचनमा घाइते भएका पण्डितलाई नै टिकट दिनु पर्ने अधिकाँशको गुनासो रहेको छ । काँग्रेस भित्रको गुट उपगुटको राजनितिलाई अन्त्य गर्न सबैले आवश्यक रहेको भनेर भनियता पनि टिकट बाढ्ने क्रममा भने नेताहरु बिच मनमटाब हुने गर्दछ ।
त्यस्तै बाजुरा क्षेत्र (क) मा पनि २०७४ सालको निर्वाचनमा घाइते भएका जनकराज गीरीलाई पछार्दै पाँच दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वार कर्ण बहादुर बि.क. केशवलाई टिकट दिइएको छ । उता २०७४ सालको निर्वाचनबाट बाजुरा क्षेत्र (ख) मा घाइते भएका पदम शाहीलाई भने पुनः दोहो¥याएको छ ।
यसरी भएको टिकट बाँडफाँडले नेपाली काँग्रेसमा चिसो पन भएको नेता तथा कार्यकर्ताको गुनासो रहेको छ । २०७४ सालको निर्वाचनमा पराजित निवर्तमान सभापति कविराज पण्डितले नै टिकट पाँउनु पर्नेमा अधिकाँश नेता तथा कार्यकर्ताको गुनासो रहेको छ भने यता नेकपा एमलेबाट पनि कर्ण बहादुर थापा बलियो उम्मेद्वार भएकोले फलामको चिउरा चपाउनु जस्तै देखिन्छ ।
जसको वर्खिलाव गर्न सक्ने नेपाली काँग्रेस बाजुरामा सह महामन्त्री पाण्डे नै भएको हुने अनुमानका आधारमा नेता पाण्डेलाई टिकट दिलाइएको छ । बाजुरा जिल्लाको तत्कालिन राजनितिमा एमालेबाट नेता थापा र नेपाली काँग्रेसबाट नेता पाण्डे बलिया उम्मेद्वार भएकोले यसपालिको बाजुराको निर्वाचनलाई रोचक रुपमा हुने सम्भावना रहेको छ ।
अब टिकट वाँडफाँड भै सके पछि जस्ले टिकट पाए पनि ऐक बद्व भएर काँग्रेसलाई जिताउने अभियाँनमा सबैले लाग्नु पर्ने काँग्रेस नेता कार्यकर्ताहरुको अनुरोध रहेको छ । जिल्लाबाट समानुपातिकतर्फ भने नेपाली काँग्रेसको तर्फबाट प्रदेशमा जुना दानी र संघमा महा नेपालीलाई टिकट दिइएको छ । यता गठबन्धनको तर्फबाट अन्य दलहरुको नाम पनि समानुपातिकको सुचिमा रहेको छैन ।











