युनिकोड    राशिफल    एफएम रेडियाे                        
531 पटक पढिएको

अछाम— भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। अछाम क्षेत्र नं १ बाट रावलको एकल नाम सिफारिस हुँदासमेत टिकट नदिएको भन्दै १२२ जनाले राजिनामा दिएका हुन् ।

अहिलेसम्म ४१ जना जिल्ला कमिटी सदस्य र ८१ जना नगरकमिटीका पदाधिकारी सदस्यहरुले पदबाट राजिनामा दिएका छन्। क्षेत्र नं १ क्षेत्रिय निर्वाचन कमिटी संयोजक तथा जिल्ला सचिवालय सदस्य प्रकाश शाह, उपसंयोजक केशर मियाँ, जिल्ला कमिटी सदस्य दुतकला बिष्ट, बालगिरी कुँवर, टंक रावल लगायत १२२ जना नेताहरुले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको, पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले राजीनामा दिएको निर्वाचन कमिटी संयोजक प्रकाश शाहले बताए ।

भीम रावलको क्षेत्रबाट झपट बोहोरा एमालेको उम्मेदवार उनले भने, ‘यहाँको कार्यकर्ताको मनोबल गिराउने काम भयो, भीम रावलको विकल्प खोज्ने जुन काम पार्टीले गरेको छ, यसकाविरुद्ध हाम्रो संघर्ष हो। पदबाट राजीनामा गरेका छौं, पार्टी परित्याग गर्देनौ, यहि पार्टी भित्र बसेर अन्तर्संघर्ष गर्नेछौं ।’

पार्टीका अन्य नेताहरुले राजीनामा दिने क्रमपनि चलिरहेकाले संख्या बढ्न सक्ने बताएका छन्। गत भदौ १९ गते बसेको क्षेत्रिय निर्वाचन समन्वय समितिको बैठकले अछाम क्षेत्र नं १ बाट सर्वसम्मत रावलको एकल नाम सिफारिस गरेको थियो। केन्द्रको निर्णयको विरुद्ध विद्रोह गर्न राजीनामा दिएको साँफेबगर नगरकमिटी अध्यक्ष ढकेन्द्र कुँवरले बताए ।

उनले भने,‘नगरकमिटीका ८१ जनाले राजिनामा गरेका छौं, अरुको समेत आउँदै छ राजिनामा।’ एमालेले रावलको क्षेत्रमा झपट बोहरालाई टिकट दिएको छ। बोहरा नेकपा माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!