बाजुरा- आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा (क) प्रदेश सभा (ख) को निर्वाचनका लागि बाजुरामा १४ जना उमेदवारले मनोनयन दर्ता गराएका छन । प्रतिनिधि सभा तर्फ ५ जना र प्रदेश सभा तर्फ ९ जना गरि जम्मा १४ जनाले आफ्नो उम्मेद्बारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेस केन्द्रिय सह-महामन्त्री बद्री प्रशाद पाण्डे, नेकपा एमालेको तर्फबाट नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पुर्व मन्त्री कर्ण बहादुर थापा, राप्रपा नेपालको तर्फबाट जंग कुमार गिरी, जनता समाजवादी पार्टीको तर्फबाट राम बहादुर शाही र टेक बहादुर बडुवाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन ।
प्रदेश सभा (क) मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बि.क., नेकपा एमालेको तर्फबाट बल्देव रेग्मी, नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट नरेश कुमार शाही, स्वतन्त्रवाट सहदेव बोगटी र रङ्गमान शाहीले स्वतन्त्रमा मनोनयन दर्ता गराए भने प्रदेश सभा (ख) मा गठबन्धनको तर्फबाट पदम बहादुर शाही नेकपा एमालेको तर्फबाट माननीय लालबहादुर थापा, राप्रपा नेपालबाट हिमाल बहादुर शाही र जनक बहादुर रावलले स्वतन्त्रमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य सहदेव बोगटीले नेकपा एमाले बिरुद प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेद्बारी दर्ता गराका थिए भने नेकपा एकीकत समाजवादीका नरेश शाहीले गठबन्धनका विरुद्ध प्रदेश सभा (क) उम्मेद्बारी दर्ता गराएको खुल्नमा आएको छन । आईतबार बिहान १० बजे सुरु भएर बेलुका ५ बजे मनोनयन दर्ता गर्ने काम सकिएको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।











