बाजुरा– नेपाल बिदुत प्राधिकरणले बाजुराका स्थानियहरुलाई अध्यारोमा बस्नबाध्य बनाएको छ । लामो समय सम्म त्रिववेणी सहकारी संस्थाले २५ बर्षका लागि लिजमा लिएको बाजुरा साना जल बिद्युतलाई भग्नावशेष बनाएको छ । एक बर्ष अगाडी त्रिवेणी साना जलबिद्युत आयोजनाले लोडसेटिङ्ग गरेको भन्दै बाजुराका स्थानियहरुले आन्दोलोन गरेका थिए । त्यति खेरनेपाल बिद्युत प्राधिकरणले बाजुरामा कार्यालय स्थापना गरेको थियो । त्रिवेणी सहकारी संस्था लि.द्वारा संचालित त्रिवेणी साना जल बिद्युत संगको २५ बर्षको लिज तोडेर नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले जिम्मा लिएको थियो । त्यति खेर तालाबन्दी नारा जुलुस गरी स्थानियहरुले मार्तडी बजारमा आन्दोलोन गरेका थिए । आन्दोलोनमा कतिपय स्थानियहरु घाइते समे तएका थिए ।
बर्षदको समय संगै मार्तडी साना जलबिद्युत आयोजनाको मुहन बगाएर क्षति हुने भएकोले बर्षेनी बिद्युत आपुर्तिमा बाजुरेली जनताले धोका खाँदै आएका थिए । यो बर्ष पनि राष्ट्रिय प्रसारण लाइन बाजुरा सम्म जोडे पछि दैनिक रुपमा बाजुराका जनताहरु अध्यारोमा बस्न बाध्य भएका छन । यता नेपाल बिद्युत प्राधिकरण केन्द्र बाजुरालाई किन बिजुली आँउदैन भनेर सोध्या यताको समस्या नभईतल कै समस्या भएको भन्दै आलटाल गरि रहेका छन ।
राष्ट्रिय प्रसारण लाइनमा खरावी आए पछि बैकल्पिक रुपका लागि बाजुरा सानाजल बिद्युत आयोजना हुदा हुदै पनि उक्त लाइन पनि बन्द गरेको छ । केहि दिनको ३ महिना अगाडी नै बाहुली खोलाले नहरको मुहान बगाएको भन्दै बिद्युत पुर्ण रुपमा बन्द भएको छ । नहरमा पानी आँउन रोकिएको करिव ३ महिना भन्दा बढी भैसकेको छ । तर नेपाल बिद्युत प्राधिकरणले उक्त नहर मर्मत गरी राष्ट्रिय प्रसारण लाइनमा खरावी आएमा बैकल्पिक रुपमा उज्यालोको माद्याम बनाउने कुरामा भने कत्ति पनि ध्यान दिएको छैन ।
जिल्लामा नै साना जलबिद्युत आयोजना हुँदा हुँदै राष्ट्रिय प्रसारण लाइनको भरमै बाजुरेली जनतालाई अध्यारोमा बस्न बाध्य बनाएकोले यसको बर्खिलावका लागि बिद्युत आपुर्ति नियमित गर्न अर्को आन्दोलोनको आवश्यकता रहेको स्थानिय बताउछन । यता नियमित रुपमा बिद्युत अबरुद्व हुनुमा के कति कम्जोरी हो भनेर नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बाजुरालाई सोध्दा यताको समस्या नभएर तल तिर कै समस्या हो भनी आलटाल गर्ने गरेको छ । बर्षादको समय भरी बाजुरेली जनताले बिद्युतको ब सम्म पनि कल्पना गर्न सकेनन । पटक पटक आउने जाने त कहिल्यै धेरै दिन सम्म बिद्युत नै नआउने गरेकोले ठुलो सास्ती खेप्नु परेको छ । यसरी बाजुरा साना जलबिदुत आयोजनालाई मर्मत सम्भार नगरी बैकल्पिक उज्यालोका रुपमा नराख्नु नेपाल बिद्युत प्राधिकरणको चरम लापर्वाही भएको सावित गर्न सकिन्छ ।
राष्ट्रिय प्रसारणलाइनमा समस्या आए पछि बाजुरा साना जल बिद्युत आयोजनालाई बैकल्पिक रुपमा राख्न तयारी नेपाल बिद्युत प्राधिकरण किन तयार भएन भनेर नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्रका कार्यालय प्रमुखलाई सोध्दा नहरको मुहान भत्केकोले मर्मत लागत ६० हजार भन्दा बढी लाग्ने भएकोले मर्मतका लागि केन्द्रमा पटक–पटक जानकारी गराइ सक्दा पनि केन्द्रले नै वास्ता नगरेको भनी आलटाल गर्ने गरेको पाइएको छ । बाजुरा साना जलबिद्युत आयोजना त्रिवेणीबाट संचालन हुदा नहरमा समस्या आए लगत्तै स्थानियहरु र सुरक्षाकर्मीहरुको सहकार्यमा त्रिवेणी साना जल बिद्युतले नै लगानी लगाएर चाँडो मर्मत गरी बत्ति दिने गरेको थियो । मात्र यत्ति समस्या थियो बिद्युत प्रयोगकर्ता बढ्दै गएकोले लोड धान्न नसक्दा दैनिक लोडसेटिङ्गको तालिका सार्वजनिक हुन्थ्यो र बाजुरेली जनताले लोडसेटिङ्गको मार खेप्नु परेको थियो । अहिले बत्ति कतिखेर जाँने कति खेर आँउने अत्तो पत्तो नै नहुदा अधिकाँश कार्यालय तथा ब्यक्तिहरुका उपकरणहरुमा ठुलो क्षति बेहोर्नु परेको छ । त्यस्तै सरकारी तथा गैर सरकारी कार्यालय बाट सर्वसाधारणले लिने सेवामा पनि अबरोध हुँदा सेवा ग्राहीले पाउने सेवामा बञ्चित हुनु परेको छ । दशैको मुख मै उज्यालोको महसुस गर्न नपाएका बाजुरेली जनताहरुले अध्यारोमै दशै मनाउन बाध्य भए तर यस प्रति नेपाल बिद्युत प्राधिकरणको कहिल्यै ध्याँन जाँन सकेन । यसको तात्पर्य नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बाजुराले बाजुरेली जनतालाई आँखामा नदेखेको सावित गर्न सकिन्छ । बिभिन्न काल खण्डका बाजुरेली जनताले गरेका आन्दोलोनको इतिहाँस पल्टाएर अध्यायन गर्नु पर्ने बिद्युत प्राधिकरण बितरण केन्द्र बाजुरालाई चुनौती रहेको छ ।
जिल्लामा बेली ब्रिजको आन्दोलोन देखि त्रिवेणी साना जल बिदुतको बिरुद्वमा भएको आन्दोलन जिवन्त नै छन । यो अबस्था नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बाजुरालाई पनि नआउला भन्न सकिदैन । त्यसैले बाजुरेली जनताले कति सम्म अध्यारोमा बस्न बाध्य हुँने ? स्थानियहरुको प्र्रश्न रहेको छ । यस बिषयमा नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्रको ध्यान जान जरुरी रहेको देखिन्छ । बाजुरा साना जल बिद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा खरावी आए पछि बैकल्पिक उज्यालोका लागि तयार राख्नुको साँटो नहरमा पानी नै सुकाएर ४ महिना सम्म मर्मत सम्भार नहुनुमा नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बाजुराको चरम लापरर्वाही भएको सावित हुँन्छ ।











