बाजुरा– एक साता देखि आएको अबिरल बर्षाका कारण बाजुरा जिल्लामा पनि ठुलो धनजनको क्षति भएको छ । असोज १८ गते देखि नियमित रुपमा आएको अविरल बर्षाका कारण जिल्लाका बिभिन्न भेगहरुमा बाढी पहिरोका कारण धन जनको क्षति भएको विवरण प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार असोज २४ गते राति ८ बजेर २० मिनेटमा स्वामिकार्तिक खापर गाँउपालिकाको वडा नं. ४ मा रहेको कालिका आधारभुत बिद्यालयको ३ कोठे भवनमा माथीबाट आएको पहिराले पुर्ण रुपमा क्षति पुर्याएको छ ।
त्यस्तै असोज २४ गतृ अन्दाजी दिउसो ३ बजे तिर जिल्लाको जगन्नाथ गाँउपालिका वडा नं. १ ढाँडाकोट डिमुरगाँउ बस्ने अन्दाजी बर्ष ४०/ ४५ का प्रभुलाल गीरीको अविरल बर्षाका कारण घर भत्कदा मृत्यु भएको थियो । घर भत्किदा निजकी आमा घाईते भएको भन्ने जानकारी प्राप्त भएको थियो । उक्त ठाँउमा पहिरोले घर पुरिएको सूचना प्राप्त भए पछि ईलाका प्रहरी कार्यालय पिलुचौरबाट प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा घाईतेको उद्दार गरि उपचारको लागि पहल गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनु भएको छ । पहिरोमा परी मृत्यू भएका गीरीको पोष्टमर्टमको लागि कोल्टी स्वास्थ्य चौकी पठाईएको र अन्य ३ घरमा पनि पहिरो आएकोले ठुलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
एक साता लामो अविरल बर्षा कै कारण असोज २३ गते साँझ ७ बजेर ४० मिनेट तिर जगन्नाथ गाँउपालिका वडा नं. २ मा रहेको प्रहरी चौकी जुड्डीमा पनि जुड्डी खोला र कर्णली नदीमा पानीको बहाब बढेर जमिन कटान गरेको थियो । उक्त ठाँउमा जमिन कटान गर्दा प्रहरी चौकी जुड्डी उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । उच्च जोखिममा रहेको इलाका प्रहरी चौकी जुड्डीको टोली उक्त ठाँउमै निर्माणाधिन रहेको स्वास्थ्य चौकीको भवनमा सरेकर अस्थायी रुपमा पसि रहेको जुड्डी प्रहरीले जनाएको छ । अविरल बर्षकै कारण अोज २३ गते दिउसो ३ बजेर ३५ मिनेटको समयमा जिल्लाको हिमाली गााउपालिका वडा नं. ५ स्थित कवाडी बजार भन्दा माथी अन्दाजी २०० देखि २५० मिटरबाट अबिरल बर्षाकै कारण पहिरो आउदा बजार क्षेत्रका केहि घरहरु उच्च जोखिममा परेका थिए ।
पहिरोका कारण जोखिममा परेका ७ वटा घरहरु पहिरोको उच्च जोखिममा रहेकोले निज घरपरिवारहरुलाई सुरक्षित स्थानमा सारेको प्रहरीले जानाएको छ । एक साता लोमो अविरल बर्षाकै कारण एक जना मानिसको मृत्यु भएको थियो भने पशु चौपायाको भने क्षेती केही नभएको प्रहरीले जनाएको छ । अविरल बर्षाकै कारण बिभिन्न ठाँउमा गएको पहिरो र वाडी संगै कर्णाली नदी तथा कवाडी खोलामा आएको पानीको बहाव बढ्न गई अस्थायी प्रहरी पोष्ट कवाडी समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले जानकारी दिनु भएको छ ।











