बाजुरा– प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका रंगमान शाहीको विरुद्धमा नेकपा एमालेको तर्फबाट प्रदेश सभा (क) का उमेदवार बल्देव रेग्मीले निर्वाचन अधिकृत कार्यालय बाजुरामा उजुरी दिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए ।
स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका शाहीले उम्मेद्बारी दर्ता गर्दा आफु स्वयम उपस्थिति नभएर अन्य प्रतिनिधि मार्फत उम्मेद्बारी दर्ता गराएको भनि प्रदेश सभा (क) बाटका उमेदवार रेग्मीले उजुरी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । आज उमेदवार विरुद्ध उमेदवारले नै उजुरी दिने दिन सक्ने भएकाले उमेदवार विरुद्ध उजुरी आएको अधिकृतको कार्यालयले जनाएको छ । भोलि उक्त उजुरी उपर जाचबुझ गरिने छ ।











