चक्र बहादुर अएडी– जिल्लामा बुधबार देखि आएको अबिरल बर्षाका कारण विभिन्न ठाउँमा बनाएका मोटरेवल काठे पुल बगाएको छ । जिल्लाको त्रिवेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा जोड्ने मौरेमा निमार्ण गरिएको काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको त्यहाँका स्थानियले बताएका छन ।
त्रिवेणी नगरपालिकाको मुख्य व्यापारिक केन्द्र बाम्का बजार भएका कारण सो पुल बगाउदा सामान ढुवानी गर्न समस्या भएको छ । त्यस्तै भौनेरामा वनाएको काठे पुल पनि बगाएपछि स्थानियलाई आवत जावत गर्न समस्या भएको बताएको छ । बुधबार देखि नै आएको लगातारको अबिरल वर्षाले बगाएको साग, तरकारि , गहँु बालिमा क्षेति पुगाएको ठाउँठाउँ बाट खवर प्राप्त भएको छन् । अन्नवाली भित्र्रयाउने समयमा गहँु बालिमा क्षेति पुर्याए पछि किसान भने चिन्तित भएका छन ।