बाजुरा- लगातार पाँच दिनको अविरल वर्षादले गर्दा खानेपानी, विद्युत, बाटो अवरुद्ध संगै बाली नष्ट हुँदा स्थानीयले गुनासो गरेको बताएका छन।
हिमाली गाउँपालिका वडा न. ६ को पाँडी गाउँमाअ लगातार रूपमा वर्षाद आउँदा जग्गामा लगाएको धान ,कोदो, सिमि लगायत मकै बाली नष्ट भएको छ। बाली फलेको फल टिप्ने समयमा वर्षादले बगाउँदा कृषकलाई चिन्ताजनक रूपमा रहेकोे स्थानीय दयाराम भण्डारीले बताउनु भएको छ।
खोला नजिकै जग्गामा लगाएको धान कोदो लगायत सिमि जस्ता अन्न बाली बगाएर स्थानीयलाई समस्या भएको छ। धान काटेर घरमा भित्र्याउन समयमा पानीले बगाएर ठुलो समस्या परी चिन्तामा परेका छन। खेतीयोग्य जमिन सहित खोलाले लिएको हुँदा समस्या भएको स्थानीय शेर बहादुर भण्डारीले बताएको छन।
अविरल वर्षादको पानीले गर्दा दहछाल लघु जलविद्युत आयोजना नहरको मुहानमा पानीले बगाएको छ। गाउँमा बिजुली बत्ति उज्यालो मा बसिरहेको थियौ। अविरल वर्षादले गर्दा खेरि बिजुली बत्ती पनि गाउँमा तिन दिन सम्म अध्यारोमा बसिरहेका बत्तीको अप्रेटर विर्ख रावलले बताउनु भएको छ।
निरन्तर अविरल वर्षादले गर्दा खानेपानी मुहानमा समस्या भएको छ। पानीको मुहानमा समस्या हुँदा गाउँमा पिउने पानी समस्या भएको छ। धारामा पानी बन्ध हुँदा स्थानीय पिउने पानीको समस्या भएको छ। देउरुखमा १२ घरधुरी परिवारलाई धारामा पानी नहुँदा खोला अथवा मुलको पानी खाने गरिरहेका स्थानीय विष्णु भण्डारीले बताएका छन।
खानीखोला खानेपानी वर्षादले गर्दा पानी मुहान देखी धारा सम्मको खोलाले बगाउँदा खानेपानी समस्या भएको छ। पानीको पाइप समेत खोलाले बगाएर लग्दा ७ घरपरिवार हरुलाई पानीको समस्या भएको छ। अहिले धारामा पानी नहुँदा खोलाको पानी पिउने गरेको स्थानीय दीर्घ थापाले बताएको छन।
गाउँमा बाट नजिकैको ठाउँमा जनाको लागी बाटोहरु ठाउँ ठाउँमा भत्किएको हुँदा स्थानीय नागरिकहरुलाई आवतजावत गर्ने समस्या भएको छ। गाउँबाट चारैतिर जानको लागि मान्छेलाई हिड्ने मात्र नभएर गाइ बस्तुलाई लिइन् पनि बढा मुस्किल भैरहेको छ। अहिले गाउँमा बाटोघाटो भत्किएका कारणले गाउँमा याताउता गर्ने निकै जटिल समस्या रहेको स्थानीयले विरे थापाले बताएको छन।











