बाजुराः राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित बडीमालिका नगरपालिका वडा नं. २ मा स्थापना भएको जुगाडा स्पोर्ट क्लवको आयोजनामा शूरु भएको प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ ।
प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य एबम पुर्व उद्योगमन्त्री कर्ण बहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा निवर्तमान प्रतिनिधी सभा सदस्य लाल बहादुर थापा, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, नेकपा एमाले जिल्ला कमिटी सचिब भरत बहादुर थापा, प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार काँशी बि.क., नेकपा एमाले जिल्ला कमिटी सदस्य एबम जिल्ला समन्वय समिति हिक्मत बहादुर थापा, वडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्म राज पाध्याय, वडा नं. २ का वडा अध्यक्ष डम्मर बहादुर महत र नेकपा एमाले जिल्ला कमिटी सदस्य जंग बिक लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम जुगाडा स्पोर्ट क्लवका अध्यक्ष जीवन नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।
खेलको उद्घाटन कार्यक्रम बडीमालिका नगरपालिका वडा नंं २ मा रहेको श्री सत्यबादी माद्यामिक बिद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो । क्रिकेट खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कर्ण बहादुर थापा र बिशिष्ट अतिथी लाल बहादुर थापा लगायतका अतिथीहरुले बलिङ्ग र ब्याटिङ्ग गरेर गरिएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथीको अतिथीको आसनबाट बोल्दै निवर्तमान प्रतिनिधी सभा सदस्य लाल बहादुर थापाले देशले बिभिन्न क्षत्रमा बिकासको फट्को मारि सकेकोले खेलाडीहरु राज्यका सम्पत्ति भएकोले खेल क्षेत्रलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिनु भएको थियो । संधिय लोकतान्त्रिक गणतन्त्र पछिको नेपालले बिभिन्न क्षेत्रमा बिकासले निकै नै फट्को मारेकोले खेल क्षेत्रमा पनि सोचे भन्दा बढी प्रगती भएको बताउनु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी थापाले जोड्नु भयो कुनै पनि क्रियाकलापमा भाइचाराको सम्बन्ध लाई प्रघाट गर्न सके एकले अर्कालाई दिने सम्मानको कदर हुने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी एबम् पुर्व उद्योग मन्त्री कर्ण बहादुर थापाले नेपालको क्रिकेटलाई अन्धकारमा डोर्याउन बाट बचाउन आफुले खेलक्षत्रको ठाँउमा आवाज उठाँउदै क्रिकेट खेललाई बलियो बनाउन आफुले ठुलो योगदान पुर्याको बताउनु भएको छ । मनोरञ्जनका बिभिन्न साधन मध्ये खेल क्षेत्र पनि प्रमुख बिधा भएकोले खेल क्षेत्रको पहिचान जगाउन सबैले एक भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको छ । यस क्षेत्रका खोलाडीहरु प्रति राष्ट्रिय स्तर सम्मको आफुले भविश्य देखेकोले आफ्ना छोराछोरीहरुलाई खेल क्षेत्रमा उत्प्रेरित गर्न सबै अभिभावकहरुलाई आग्रह गर्नु भएको छ ।
बिशेषतः अशिक्षित समुदायमा बिभिन्न कला कौशल, खेल, संगीत जस्ता कुराहरुमा आफ्ना बालबालिका अग्रसर भए पछि आफ्नो छोराछोरी बिग्रियो भन्ने भ्रमलाइ अभिभावकहरुले अन्त्य गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । आफुले जस्तो सुकै परिस्थितिमा जुन सुकै बिधाका खेल क्षेत्रलाई आफ्नो बिबेकले भ्याए सम्म सदा सर्वदा खेल क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ ।
कुरामा जोड दिदै खेल क्षेत्रको बिकासका लागी सबैले लाग्नु पर्ने बताउनु भएको छ ।
तिन दिन सम्म सञ्चालन हुने क्रिकेट खेलमा ७ वटा टिमहरु रहेको आयोजकले जनाएको छ । खेलमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलाई म्याडल, टफी, पुरस्कार र प्रमाण पत्र दिएर सम्मान गर्ने आयोजकले जनाएको छ ।











