बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा वडा न.४ बोर्ताका ११३ घरपरिवारलाई राहत वितरण गरिएको छ।
असोज १९ गते देखि २४ गतेसम्मको अविरल वर्षाका कारणले बोर्ताका घरपरिवारहरु पानीले बगाएर अव्यवस्थित भएको हुन। गाउँपालिका र प्रहरी चौकी सयक्त अनुगमन संगै गाउँपालिकाको आर्थिक सहयोगमा राहत वितरण गरिएको हिमाली गाउँपालिका नि प्रमुख प्रशासकीय अधिकृत प्रेमकला मल्लले बताउनु भएको छ।
गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल द्रारा बिहीबार दिनमा बोर्ता गाउँका विपद परिवारलाई पाल ११३ वटा बलान्केट ८ वटा चामल ११ कटा ३० के. जी. चामल वितरण गरिएको छ।
बोर्ता गाउँका एक परिवारलाई पकाउने भाडा १ सेट र चार घर परिवारका मान्छेहरूलाइ प्रत्येक घरको लाई ३ पाकेटको दरले १२ पोको नुन दिएको छ।एउटा घरको सुत्केरी परिवार महिलाका लागी न्यानो छोला सहित बलान्केट कमल वितरण गरिएको गाउँपालिका कर्मचारी जयप्रकाश पाण्डेले बताउनु भएको छ।
हिमाली गाउँपालिका विशेष आर्थिक सहयोगमा बोर्ता गाउँका विपद परिवारलाई पालिकामा आज राहत वितरण गरिएको छ। तत्काल विपद परिवारलाई स्थायी रूपमा पाल लगाएर बस्न र खानको लागी चामल दिएको छौ। पकाउने भाडा र ओढ्ने बलान्केट सहित राहत वितरण गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।
गाउँमा अविरल वर्षाका कारणले गाउँ पुरै जोखिम रहेको थियो । गाउँमा प्रहरी चौकी धुलाचौर निरन्तर रूपमा खटिएका छौ । मानवीय जोखिम नहुनको लागी विशेष रूपमा सुरक्षाकर्मी लागिपरेको प्रहरी चौकी धुलाचौर इन्चार्ज चित्र बहादुर मल्लले बताउनु भएको छ ।











