
राम बहादुर दानी– जिल्ला सदरमुकाम मार्तडीमा निषेधाज्ञाको प्रभाव निकै नै परिरहेको समयमा फ्रन्ट लाइनमा काम गर्ने पत्रकारहरुलाई साहित्यकार एबम् सामाजिक अभियान्ता रिता शाहीको पहलमा दुइ क्विन्टल चामल वितरण गरेकी छन । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले बाजुरा जिल्लालाई पनि आक्रान्त बनाए पछि जिल्लामा २२ गते बैसाखबाट एक हप्ताका लागि निषेधाज्ञा जारी भएको थियो । सो एक हप्ते निषेधाज्ञाको समय सकिए पछि पुनस् दोस्रो पटक बैसाख ३० गते वाट विपत ब्यबस्थापनको बैठकले जेष्ठ ७ गते सम्मका लागी लागु हुने गरी जारी भएको थियो । यसै शिलसिलामा फन्टलाईनमा खटिएर जोखिममा काम गर्ने १९ जना पत्रकारहरुलाई १०/१० किलोका दरले राहत स्वरुप चामल वितरण गरेकी छन ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र रोकायाले सो सामाग्री हस्तान्तरण गरेका हुन । जिल्ला समन्वय समितिको कार्यालय प्राङ्गणमा सो सामाग्री वितरण गरिएको हो । जिल्लामा कार्यरत अनलाइन र रेडियोमा काम गर्ने पत्रकारहरुलाई सो सामाग्री वितरा गरिएको हो । प्रवासमा रहनु हुँने सामाजिक अभियान्ता खुसी मेवाहाङ प्रबिल गुरुङको टिम , खुसि राई ९कल्पना० कोपिला राई , चन्दकला राई, राज दर्नाल लगाएत ६ जनाको टिम र कुवेतमा बस्ने मेवाहाङको व्यक्तिगत सहयोग त्यस्तै हङकङमा बस्ने पत्रकार किरन सुब्बाले सो सहयोग पठाउनु भएको सामाजिक अभियानता शाहीले बताएकी छन ।
सामाजिक अभियानता शाहीले केहि दिन अगाडी नै जिल्ला कारागार कार्यालयमा रहेका ५९ जना कैदीलाई २०० वटा मास्क, जिल्लामा फनटलाइनमा काम गर्ने पत्रकारहरुलाइ २०० र बुढीगंगा नगरपालिकामा रहेको कन्सन बालगृहमा रहेका बालबालिकाहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेकी थिइन । कोही भोको नरहुन भन्ने अभियाँन चाल्नु भएकी बाजुराकी चेलीले यस्ता सामाजिक कार्यमा कयौँ बाधा अड्चन र चुनौतीहरु खेप्नु परेको बताएकी छन ।
भिटियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नुहाेला ।