बाजुराः आशन्न मंसिर ४ गते हुने प्रदेस र प्रतिनिधी सभा निर्वाचनको लागि बिभिन्न राजनितिक दलका नेताहरु यतिखेर घर दैलो अभियाँनमा जुटि रहेका छन । यसै क्रममा नेपाली काँग्रेस बाजुराले पनि घर दैलो भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । नेपाली काँग्रेस खप्तड छेडेदह गाँउपालिकाको आयोजनामा शुक्रबार गाँउपालिकाको वडा नं. ६ मा पनि घर दैलो अभियाँन सम्पन्न भएको काँग्रेस स्रोतले बताएको छ ।
घर दैलो कार्यक्रममा नेपाली कााग्रेस बाजुराका नेता एबम् नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा समानुपतिक गठबन्धनका साझा उम्मेद्वार महा नेपाली, खप्तड छेडेदह गाँउपालिकाकी उपाध्यक्ष बिशु देवि नाथ, नेपाली काँग्रेसका नेता एबम् गाँउपालिकाका पुर्व अध्यक्ष नर बहादुर रावत, नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधी एबम् खप्तड छेडेदह गाँउपालिका वडा नं. ६ का पुर्व वडा अधयक्ष कुम्भनाथ योगी, वडा नंं ६ का वडा अध्यक्ष हर्क बहादुर बिष्ट र गाँउपालिका सभापति वीर बहादुर बुढा लगायतका नेताहरुले वडाका सबै नागरिकहरुको जनगुनासो ग्रहण गरेका थिए । घर दैलो भेटघाट अभियानमा प्रमुख अतिथी महा नेपाली रहनु भएको थियो भने खप्तड छेडेदह गाँउपालिकाकी उपाध्यक्ष बिशु देवि नाथ बिशिष्ट अतिथी रहनु भएको थियो ।य सम्म बिभिन्न काल खण्डमा जनताको पक्षमा वकालत गर्दै आएकोले मंसिर ४ गते सम्पन्न हुँने संघ र प्रदेश सभा निर्वाचनमा पनि नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाई काँग्रेसलाई बिजयी गराए मात्र जनताहरुले न्याय पाउने कुरामा नेताहरुले जनतालाई बिश्वास दिलाएको खवर प्राप्त भएको छ । २००७ सालमा जहानियाँ राणा शासनको अन्य गर्दै नेपाली जनतालाई खुसीको सास फेर्न पनि नेपाली काँग्रेसले नै संघर्ष गरेर नेपालमा प्रजातन्त्रको बहाली भएको कुरा लगायत २०४६ सालको जन आन्दोलोन पछि पनि नेपाली काँग्रेसकै नेतृत्वमा पञ्च्यात ब्यबस्थाको अन्त्य भएको त्यस्तै २०६२, ०६३ को जन आन्दोलोनको पनि नेपाली काँग्रेसले नै नेतृत्व गर्दै नेपालमा स्थायी शान्ति र संविधान जारी भएको नेता नेपालीले घर दैलो अभियानमा जनताहरुलाई प्रष्ट पार्नु भएको थियो । यसरी बिभिन्न कालखण्डको इतिहाँसलाई पल्टाएर मात्र खप्तड छेडेदह गाँउपालिकाका जनताहरुले मंसिर ४ मा मतदान गर्न आम नागरिकहरुलाई अनुरोध गर्नु भएको हो ।
२०७४ सालको प्रदेश र प्रतिनिधी सभा निर्वाचनबाट दुई तिहाई प्राप्त गरी बनाएको केपी ओलीको सरकारले हत्या, हिंसा, बलत्कार, अहंकार र भ्रष्टाचारको खेती गदै कार्यकाल पुरा नहुदै संषद बिगठन गरी संविधानको हत्या गर्न खोज्दा नेपाली काँग्रसले नै संविधान बचाएको कुरा पनि जनतालाई अवगत गराउनु भएको थियो । वडा नं. ६ को मैतोलामा घर दैलो अभियान सम्पन्न गरी कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै प्रमुख अतिथी एबम प्रदेश सभा (ख) का समानुपातिक उम्मेद्वार महा नेपालीले जनताहरुका गुनासा सुनुवाइ गर्दै निमुखा, अन्यायमा परेका जनताहरुलाई न्याय दिन सक्ने बताउनु भएको नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता दील बहादुर नेपालीले जानकारी दिनु भएको छ ।