बाजुरा—अबैध भरूवा बन्दुक सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको त्रिवेणी नगरपालिका ७ कोट्ट्यारी बस्ने अन्दाजी ४५ वर्षिया नया लुहार मिजार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको । आफ्नो घर भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले निजको घरमा लुकाई छिपाई राखेको अबस्थामा भरुवा बन्दुक १ थान, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० सहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्र बहादुर बोगटीले बताएका छन । निजलाइ पक्राउ गरि थप अनुसन्धान अगाडी बढाइएको पनि प्रहरीले जनाएको छ ।











