बाजुरा– बडिमालिका युवा क्लवको आयोजनामा भएको महिला पुरुष भलिवल प्रतियोगीता समापन भएको छ । अनुसासन पारदशिता र परिवर्तन हाम्रो सान युवाको नेतृत्व भन्ने मुल नाराका दुइ दिन सम्म संचालन भएको महिला तथा पुरुष भलिवल प्रतियोगीताको आज समापन गरिएको छ । त्रिबेणि नगरपालिका वडा नम्बर ९ पैमा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
क्लवले पहिलो पटक वडामै महिला तथा पुरूस वडा स्थरिय भलिवल प्रतियोगिताको आयोजना गरेको हो । पुरुष तर्फको खेलमा बडिमालिका क्लवले प्रथम स्थान हात पारेको छ भने तुफान डाँडा क्वलव भाडगाउले दोस्रो स्थान हात पारेको छ । तेस्तै महिला भलिवल प्रतियोगिता तफ गोड्तला क्लवले प्रथम स्थान हात पारेको छ भने आयोजक टिम बडिमालिका क्लवले दोस्रो स्थान हात पारेको छ । खेलमा प्रथम हुने टिमलाई नगद रु १५,५००, दोस्रो हुने टिमलाई रु, १०५०० हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेलमा महिला पुरुष दुबैलाई पुरस्कारको धनरासी बराबर रहेको आयोजकले जनाएको छ ।
खेलको अन्तिम दिन कला संस्कृतिकलाई जगेर्ना गर्नको लागि प्रतेक टोलवाट देउडा प्रतपयोगिता पनि संचालन गरेको थियो । पन्चेबाजाको संरक्षण प्रबधन गर्दै बिकासका लागि बन्चेवाजाको पनि प्रबद्र्धन गर्न पञ्चेबाजा खेल पनि प्रस्तुति गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता आयोजक क्लवका अध्यक्ष भिम बहादुर थापाको अधयक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि त्रिवेणी नगरपालिका नगर प्रमुख तथा नेपाली काँग्रेस का महाधिबेशन प्रतिनिधि कर्ण बहादुर थापा रहनु भएको थियो । समापन कार्यक्रमको विशिष्ट अथिति त्रिवेणी नगरपालिका वडा न ९ का वडा अध्यक्ष नन्द बहादुर थापा, बडिमालिका क्वलवका संयोजक दयाराम खत्री, खिम्नि आधारभुत बिधालयका प्रधानाध्यापक डम्मर बहादुर खत्री , पर्वति माद्यामिक बिद्यालयका अध्यक्ष धर्मे नेपाली, पर्वति माद्यामिक बिद्यालयका प्रधानाध्यापक रमेश खत्री रहनु भएको थिया ।
समापन कार्यक्रमको स्वागत मन्तव्य क्लवका संह संयोजक रतन खत्रीले गर्नु भएको हो भने कार्यक्रम संचालन बडिमालिका कलवका सचिव राजेन्द्र खत्रीले गर्नु भएको जानकारी पत्रकार जनक बोहराले दिनु भएको छ ।











