बाजुरा– नेपाली काँग्रेस बाजुरामा जनलहर चलिरहेको छ । विगत लामो समय देखि नेकपा एमलेमा रही आएको तर एमालेको देशमा कुनै पनि सम्भव नभएको भन्दै त्रिवेणी नगरपालिकाका नेकपा एमलेका सक्रिय कार्यकर्ता गजेन्द्र थापा लगायतका ब्यक्तहिरुले नकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको समाचार पत्रकार प्रेम रौलेले जानकारी दिएका छन ।
नेकपा एमालेले पटक पटक संसद बिगठन गरी सम्बिधान माथी नै हिँसा गरेकोले नेपाली काँग्रेसले संविधानको रक्षा गरेको सावित भएको भन्दै बाजुरा जिल्लामा पनि नेकपा एमलेले केही गर्न नसक्ने भन्दै उनिहरुले एमाले परित्याग गरेका छन । निज नव प्रबेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री एबम नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्य लागि उम्मेद्वार बद्री पाण्डेले स्वागत गरी प्रबेश गराएका हुन । थापा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ९ का नेकपा एमलेका सक्रिय कार्यकर्ता रहेका छन ।

नेकपा एमालेले बिभिन्न कालखण्डमा जनताहरुलाई भ्रमको खेती मात्र फैलाएकोले झुठ्ठा आसवासन दिएर बाजुरेली जनताका समस्याहरु जिउका तिउ रहेकोले नेकपा एमले केही पनि गर्न नसक्ने उखानटुक्काको मात्र पाटी भएकोले आफुहरुले एमाले परित्याग गरेको नव प्रवेशीहरुको भनाई रहेको छ ।

नेपाली काँग्रेसको घरदैलो अभियाँन कार्यक्रम बडमिालिका नगरपालिकाको वडा नम्बर ६ कार्धबाट सुरुवात हुदै वडा नम्बर ४ र ५ मा आइतबार नै सम्पन्न भै सकेको छ । यसै क्रममा सोमबार त्रिवेणी नगरपालिकाका बिभिन्न वडाहरुमा घरदैलो भेटघाट कार्यक्रम हुने भएको छ ।











