बाजुरा
बाजुरा– नेपाली काँग्रेसका सह–महामन्त्री तथा प्रतिनिधी सभाका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बद्रीप्रसाद पाण्डेले जिल्लामा विकासका सम्भावना प्रशस्त भएपनि पुर्वाधारको अभाव रहेको बताएका छन् ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावको लागि मतदातासंग घरदैलो अभियानका क्रममा त्रिवेणी नगरपालिका–६,५ र ४ वडामा भएको मतदातासंगको भेटघाटमा विकासका लागि अन्यत्र भन्दा पनि पुर्वाधार खडा गरेर विभिन्न व्यवसायमा लैजानुपर्नेमा जोड दिएका छन् ।
उनले त्रिवेणी नगरपालिका–४ र ५ वडाका मतदातासंग प्रत्यक्ष घरदैलो अभियानमा कृषि क्षेत्रको विकासमा फलफुल,तरकारी, अल्लोको उद्योग र विद्युत तथा संचारका पुर्वाधार निर्माण गरेर युवाहरुलाई व्यवसायिक बनाउन काँग्रेस तयार रहेको बताए ।











