बाँके- नेपालगन्ज राझामा देउडा खेलाडी चरित्रा शाही र भानु पाण्डे बिच घम्सा घम्सी डेउडा खेल गरिएको आयोजकले बताएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को राझा एयरपोर्टको पशुपति मन्दिरको प्राङ्गणमा देउडा कार्यक्रम आयोजना गरिएको छ। राझामा बाजुराकी चर्चित देउडा खेलाडी चरित्रा शाही र कालिकोटका चर्चित खेलाडी भानु पाण्डे बिच घम्सा घम्सी डेउडा खेल भएको आयोजकले बताएको छ।
शुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशको देउडा खेल प्रमुख सास्कृतिक थलो भएको हुँदा देउडा कार्यक्रम प्रदर्शन नेपालगन्ज गरिएको छ। देउडा कार्यक्रममा स्थानीय लगायत बाजुरा र कालिकोट जिल्ला बसोबास गर्दैआएका सहित पहाडी भेगका मान्छेहरूको झन्डै एक हजार भन्दा बढीको दर्शकको उपस्थिति रहेको आयोजक पवनराज उपाध्याय बताएको छ।
हामिले प्रत्यक महिनाको १५ गते सधै देउडा कार्यक्रम गर्ने निर्णय सहित प्रस्ताव राखेको बताएको छ।देउडा खेलका
कार्यक्रममा आयोजक पवनराज उपाध्याय खगेन्द्र न्यौपाने नवीन कुमार रेग्मीको मुख्य भुमिका रहेको आयोजकले बताएको छ। देउडा खेलाडी पचिम भेगमा चर्चित ब्याक्तित्वहरु बिगत लामो समय देखि साहित्य कला सस्कृतिको विषयमा खोज अनुसन्धान थप सकारात्मक बनाउन देउडा कार्यक्रम सञ्चालन गरिएको बताएको छ।
सुदुरपचिमकै एक सास्कृतिक जोगाउन संगै संरक्षण गर्नेको लागी विशेषगरी कार्यक्रम गरिएको छ। थप देउडा खेलाडीलाई हौसला र उर्जा दिनको निम्तिका लागि सस्कृती जगेर्नाको प्रयासमा लागिपरेको र देउडा कार्यक्रममा निरन्तर गरिरहन आयोजक पवनराज उपाध्याय बताएको छन।











