
बाजुरा- कोरोना महामारीका बेला अनेक बाहनामा रकम उठाउने कार्य रोक्न जिल्ला प्रशासन कार्यालय बाजुराले बिहीबार सूचना सार्वजनिक गरेको छ ।
मनोमानी रुपमा पैसा संकलन गर्ने र खर्च गर्ने कार्य गरेकोले गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाउदै सो कार्य तत्काल रोक्न सार्वजनिक रुपमा सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
स्थानीय प्रशासन र गृह मन्त्रालयलाई जानकारी विना पैसा उठाउने कार्य नियम विपरित भएकाले सो कार्य गरिएको पाइएमा प्रचलित कानुन बमोजिक कारबाही गर्ने सार्वजनि गरिएको सुचनामा लेखिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीद्धारा हस्ताक्षरित सूचनामा मानोमानी रुपमा उठाएको रकम कोभिड उपचारको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं १९६०००००११०१ मा जम्मा गर्न निर्देशन दिएको छ ।
अनाधिकृत रुपमा उठाइएको रकम उक्त खातामा जम्मा गर्न आग्रह गरिएको छ । यस्ता कार्य तत्काल रोक्न र आगामी दिनमा पैसा मनोमानी रुपमा नउठाउन अपिल गरिएको हो ।
