बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका वडा न. १ र २ मा नेपाली काङ्ग्रेस घरदैलो अभियानमा २५ घरपरिवार नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरिएको बताएका छन।
आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागी नेपाली काङ्ग्रेस घरदैलो अभियान कार्यक्रम गरिएको छ।नेपाली काङ्ग्रेस त्रिवेणी नगरपालिका वडा न. १ को वडा कार्य समिति आयोजना कार्यक्रम aगरिएको छ।
नेपाली काङ्ग्रेस घरदैलो अभियान कार्यक्रम सभापति त्रिवेणी नगरपालिका वडा न. १ का वडा कार्य समिति सभापति बुढा रहनु भएको छ। उक्त कार्यक्रम प्रमुख अथिति नेपाली काङ्ग्रेस बाजुरा पुर्व पाटी सभापति मन बहादुर रावल बिशिस्ट अथिति बाजुरा निर्वाचन क्षेत्र ख का प्रदेश प्रतिनिधि सभा सदस्य नेपाली काङ्ग्रेस उम्मेद्बारी पदम शाही, नेपाली काङ्ग्रेस त्रिवेणी नगर कार्य समिति सभापति सुरेन्द्र गिरी लगायत जिल्ला हुदै वडा सम्मका नेताकार्यकर्ता र स्थानीयहरुको बाक्लो सहभागिता काङ्ग्रेस घरदैलो अभियान कार्यक्रम सम्पन्न गरिएको दिल बहादुर थापाले बताएको छन।
बाजुरा निर्वाचन क्षेत्र न ख सबै पालिकाका वडा बस्तीमा मतदाता संग प्रदेश प्रतिनिधि सभा सदस्य उम्मेद्बारी पदम बहादुर शाही घरदैलो अभियान तिव्र रूपमा चुनावी मैदान रहेको छन।आफ्नो उम्मेद्बारी बाजुरा बासी हरुको समस्या समाधान गर्नेको निम्ति रहेको छ।साच्चै बाजुरा जनताको विकास मुहार फेर्न रुप यहाँको विशेषगरी शिक्षा, स्वास्थ, कृषि र संचार क्षेत्रमा आमुल परिवर्तन गर्ने प्रदेश प्रतिनिधि सभा सदस्य उम्मेद्बारी रहेको शाहीले बताएका छन।
अब हुने संघ र प्रदेश निर्वाचन चुनावी माहोल घरदैलो अभियान कार्यक्रम संगै त्रिवेणी नगरपालिका वडा न. १ र २ को वडामा २५ घरपरिवार नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरिएको थापाले बताएको छन।