बाजुरा– आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा बद्री पाण्डेको जित सुनिश्चत भएको लो.स.पा. बाजुराका अध्यक्ष मनिराम रेग्मीको भनाई रहेको छ । बिहिबार लोकतन्त्र विहानी न्यूजसंगको संवादमा नेता रेग्मीले यस्तो बताउनु भएको हो । २०७० सालको संविधान सभा निर्वाचनमा बाजुरा जिललाबाट समानुपातिक संसद बनेका पाण्डेका प्रतिस्पधीृ नेता थापाले कुनै पनि सिन्को भाँच्न नसकेको उल्टै राज्यको भ्रष्ट्राचार गरेकोले अब नेता थापालाई बाजुरेली जनताले बिश्वास नगर्ने लो.स.पा. नेता रेग्मीले ठोकुवा गर्नु भएको छ । नेता रेग्मीले थप्नु भयो, २०७० सालमा संविधान निर्माण गर्न भनी संविधान सभामा पठाएका नेता कर्ण बहादुर थापाले ६ महिनामै मन्त्री पद गएको समेत थाहा पाएन उहाले ब्यक्तिगत फाईदा र नातावाद क्रिपावादको राजनिति गर्ने गरेकोले बिकासका नाममा सिन्को भाँच्न नसक्ने आरोप समेत लगाउनु भएको छ । त्यस्तै २०७४ सालको प्रदेश तथा प्रतिनिधी सभा सदस्यमा निर्वाचन नेकपा एमलेकै लाल बहादुर थापाले पनि जिल्लाको बिकासमा संसद भित्र केही नबोलेको आरोप समेत लगाएका छन ।
नेपाली काँग्रेसका सह–महामन्त्री एबम पाँच दलिय गठबन्धनका साझा प्रतिनिधी सभा सदस्य उम्मेद्वार बद्री पाण्डेको जित सुस्निश्चत भएको पनि उनले संवादमा थप्नु भएको छ । पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई जिताउन मतदाताहर मंसिर ४ को समय कुरेर बसेको पनि उनको ठम्याई रहेको छ । २०७४ सालको संसदिय निर्वाचनबाट दुई तिहाईको बहुमतको सरकारले दुइ/दुई पटक संसद बिगठन गरी संविधान माथी लात हान्न खोजेकोले पाच दलिय गठबन्धनले नेपालको संविधान २०७२ लाई बचाउ गरेको बताएका छन ।
बाजुरेली जनताले पनि बिगतका निर्वाचनबाट चुनेर पठाएको संसदहरुको गति हेरेर अब गठबन्धनको तर्फबाट साझा उम्मेद्वार बद्री पाण्डेलाई मतदान गर्न कुनै पनि कन्झुसाई नमान्ने बताए । पाँच दलिय गठबन्धनको तर्फबाट उनि लोकतान्त्रिक समाजवादी पाटी नेपालको तर्फबाट बाजुरा जिल्लाबाट प्रतिनिधी सभा सदस्यका लागि समानुपातिक उम्मेद्वार पनि रहेका छन ।
पिछडिएको क्षेत्राट ४ नम्बरको लिष्ट छनौटमा रहेका नेता रेग्मीले अब समृद्ध बाजुरा र बाजुरोको बिकासका लागि बद्री पाण्डेलाई मतदान गर्न पनि बाजुरा बासीहरुमा आग्रह गरेका छन । बाजुरा जिल्लाको मुहार परिवर्तन गर्न कसैको पनि ताकत नभएकोले यो उर्जा र ताकत युवा नेता वद्री पाण्डसंग मात्रै भएकोले जित सुनिश्चत भएको ठोकुवा गर्नु भएको छ । अब बाजुरेली जनता पुरानै संस्कारमा छैनन् हाम्रो भन्दा पनि राम्रो बिकासवादी नेतालाई भोट दिन आतुर छन । त्यो दिन मंसिर ४ गते हो बाद्री पाण्डेको पक्षमा मत दिन मतदाता आतुर छन उनले थपे । नेता रेग्मीको परिवार बिगतका समयमा नेकपा एमाले संस्थापक बिचारधारामा भएता पनि उनले एमालेको प्रबृति मन नपराएर २०७९ सालको संसदिय निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई नै मतदान गर्ने उनको भनाई रहेको छ । अब बाजुरा जिल्लामा पाँच दलिय गठबन्धनको जित सुनिश्चत भएकोले घोषणा मात्र गर्न बाँकी रहेकोले सबै मतदाता तथा सुभचिन्तकहरुलाई ढुक्क रहनु आग्रह गर्नु भएको छ ।