
बाजुरा– जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना कोरोना सक्रमित थपिएका छन् । शुक्रबार गरिएको परिक्षणमा ४ जना संक्रमित थपिएसंग जिल्लामा संक्रमितको संख्या तीन सय ७४ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
संक्रमित भएका तीन सय ७४ जनामा हाल एक सय ७८९ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेसनमा एक सय ६९ जना र आइसोलेस ९ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार हालसम्म ए सय ५७ जनाको कोरोना परिक्षण गर्दा तीन सय ७४ जना संक्रमित भएको बताए ।
संक्रमित मध्ये शुक्रबार २७ जनाा रहेका छन् । कोरोना संक्रमित भएका मध्ये निको हुनेको संख्या एक सय ९१ जना पुगेको छ । हालसम्म पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
शुक्रबार गरिएको कोरोना परिक्षणमा बडीमालिका नगरपालिकामा ३ जना र गौमुल गाउँपालिकामा १ जना गरी ४ जनामा कोेरोना पुष्टी भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।