युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
428 पटक पढिएको

बाजुरा- अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अयडीकाे न्याय माग्दै आज चाैथाे दिन पनि बाजुरामा आन्दाेलन जारी रहेकाे छ । मँसिर ४ गते त्रिवेणी नगरपालिकाकाे नाटेस्वरी मतदान केन्द्रमा गाेली चल्दा सञ्जिव अयडीकाे मृत्यु भएकाे थियाे । साेही घटनालाई लिएर अनेरास्ववियु केन्द्रय सदस्य चेतन अयडी माथी निर्घात कुटपिट पछि हत्या भएकाे थियाे । साेही घटनालाई लिएर ४ दिन देखि नेकपा एमाले बाजुराले चेतनकाे न्यायका लागि आन्दाेलन गरिरहेकाे छ ।

एमाले वाजुराले बिहिवार पनि आन्दाेलाेन जारी राखेकाे छ । बिद्दार्थी नेता अयडीकाे याेजनावद्द तरिकाले सत्ता र शक्तिकाे प्रयाेग गर्दै हत्या भएकाे भन्दै हत्यामा सँलग्न २२ जना विरुद्द किटानी दिएकाे छ । बुधबार सर्वदलिय बैठकबाट वाहिरिए पछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र मुख्य निर्वाचन अधिकृतलाई कालाे झण्डा देखाईएकाे थियाे ।

चेतनकाे हत्यारा पक्राउ गरि कानुन सम्बत कार्वाहीकाे माग गर्दै एमाले बाजुराले कडा रुपमा आन्दाेलनका कार्यक्रमहरु अगाडि सारेकाे छ । चेतन हत्यामा सँलग्न हत्याराकाे पक्राउ गर्न ढिलाई गरेकाे भन्दै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आराेप लागि रहेकाे छ ।

नेकपा एमाले सम्वद्द जनवर्गिय सँगठनहरले विद्दार्थी नेता अयडी हत्यारा नपक्रे प्रमुख जिल्ला अधिकारीलाई नै प्राहार गर्ने चेतावनी दिएकाे छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बिहिवार पार्टी कार्यालयबाट जुलुस सहित जिल्ला प्रशासन कार्यालय बाजुरामा धर्ना दिएकाे छ ।

कुटपिट पछि बीभत्स हत्या गरिएका अयडीकाे हत्या प्रकरणमा सँलग्न हत्यारालाई पक्राउ नगरे सम्म मँसिर १० गते हुने वुढीनन्दा ५ काे पुनः निर्वाचनमा पनि सहभागी नहुने एमालेले जनाएकाे छ । उक्त घटनाकाे छानविन नभए सम्म र बुद कब्जा गरिएका मतदान केन्द्रकाे पुनः मतदान नभए सम्म नेकपा एमाले बाजुराले आन्दाेलाेन नराेक्ने बताएकाे छ ।

अयडी हत्या प्रकरणका अपराधी पक्रन अँझै ढिलाई गरिए थप शसक्त आन्दाेलनका कार्यक्रमहरु अगाडि सारिने एमाले बाजुराले चेतावनी दिएकाे छ । दाेषीलाई पक्राउ नगरे सम्म र कार्वाही नभए सम्म अबस्था थप भयाभह हुने भएकाेले आन्दाेलाेनले चर्काे रुप लिदा घट्ने घटनाकाे प्रशासनले जिम्मा लिनु पर्ने नेकपा एमाले बाजुराले बताउदै आएकाे छ ।

यता याे विषयमा जिल्ला प्रशासन, सुरक्षा निकाय र अन्य राजनितिक दलहरु विच भने कुनै छलफल हुन सकेकाे छैन । नेपाली काँग्रेसले पनि सन्दिपकाे गाेली हान्ने सुरक्षाकर्मीकाे पहिचान गरि कानुन सम्बत कार्वाही तथा बरखास्त गर्न भनी उजुरी दिएकाे छ । जिल्ला भरी यातायात ठप्प छन, सर्वसाधारणलाई आवत जावत गर्न कठिनायी छ । बजार बन्द हुदा दैजिक उपभाेग्य सामानकाे पनि हाहाकार भएकाे छ ।

उता जिल्लाकाे काेल्टी वजार र बाम्का बजारमा पनि ब्षापक विराेध सहित सडकमा टायर जलाएर अबरुद्द हुँदै आएकाे छ । बाजुरा जिल्लामा दुई जनाकाे ज्यान जाने गरि भएकाे याे घटनाकाे यतिखेर चाैतर्फी बहस र विराेद हुँदै आएकाे छ । अधिकाँश सामाजिक सञ्जाल प्रयाेगकर्ताल भने दलिय ब्यबस्थामा कानुनी राज्य नभएकाे खिल्ली गरि रहेका छन । यतिखेर देश भरीकाे मत परिणाम आई रहदा बाजुरा जिल्लालाई भने शाेक भाेक भित्रकाे सँकट आईरहेकाे छ ।

जिल्लामा मतदानकाे समयमा गाेली काण्ड पछि दुई जनाकाे ज्यान गए पछि मृतक दुबै युवाकाे घरमा विचल्ली परेकाे छ ।नारीकाे सिउदाेकाे सिन्दुर पुछिएकाे छ । बालक टुहुरा भएका छन । जनताकाे रगत माथी हाेली खेलेर सिँह दरवारकाे सपना देख्ने नेता बाजुरेली जनतालाई नचाहिएकाे यश जिल्लाका सर्वसाधारणले आराेप लगाउदै आएका छन । सञ्जिव र चेतन हत्या प्रकरणमा सँलग्न पक्राउ नपरे, अपराधीलाई कानुनी कार्वाही नभए थप जटिल अवस्था सृजना भई दाेस्राे भयाभह दुर्घटना हुनसक्ने भएकाे छ ।

नेकपा एमाले बाजुराले भने चेतन हत्यामा सँलग्न ब्यक्तिहरु पक्राउ नगरे जस्ताे सुकै चुनाैतीकाे सामना गदै आन्दाेलाेनका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिएकाे छ । मृतक चेतनकाे हत्या भएकाे ५ दिन सम्म पनि लास उठेकाे छैन । मँसिर ४ गते राती ८ बजे घर भित्र सुति रहेकाे अबस्थामा राेडमा ल्याएर बीभत्स हत्या गरेकाे मृतककी बहिनी दुर्गाले बताएकी छन । मेराे दाईलाई नमार्नुस भनेर गुहार माग्दा पनि आफ्नै आँखा अगाडि लखेटी लखेटी मारेकाे उनले वताएकी छन । उनकाे अछाम स्थित वयालपाटा अस्पतालमा मृत्यु भएकाे थियाे । मृतक चेतनकाे लास अहिले जिल्ला अस्पताल बाजुरामा राखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!