
कमला रावल – नेपाली काँग्रेसकी महधिवेसन प्रतिनिधि सदस्य तथा महिला विभागकी केन्द्रिय सदस्य राधिका सिंहले जन्मदिनको अवसरमा पाँचओटा अक्सिजन सिलिण्डर भर्नु भएको छ ।
हाल कोरोना संग लडिरहेकी सिंहले जन्मदिनको अवसरमा आइसोलेशनबाटै ५ ओटा जिल्ला अस्पतालका अक्सीजन सिलिण्डर भर्नु भएको हो् ।
उनले आफु पनि अहिले कोरोनाको महामारीसंग लडिरहेको र कोरोना महामारीले कती असहज हुन्छ भन्ने कुराको अनुभव भएको र देशमा महामारी नियन्त्रणका लागि उपचारका स्रोत साधनको कमी भएकोले आफुले पनि गृह जिल्ला बाजुरा अस्पतालका ५ ओटा अक्सीजन सिलिण्डर भरेको बताउनु भएको छ ।
साथै उनले कोरोना महामारी सबैले सोचेजस्तो सामान्य नभएकाले सबैले महामारीबाट जोगिन आग्रह गर्दै नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभएको छ ।