
चक्र ऐडी- जिल्ला अस्पताल बाजुरालाई युवा व्यवसायी राजेन्द्र खत्रीले ५१ हजार बराबरका सिलिण्डर्र हस्तान्तरण गर्नु भएको छ । नेपाली काग्रेसका युवा नेता समेत रहेका खत्रीले ५१ हजार बरावरका सिलिन्डर सहयोग गर्नु भएको हो ।
त्रिवेणी नगरपालिका वडा नं ९ पैमा स्थाई घर भई हाल कैलालीमा व्यवासय गरिरहेका खत्रीले कोरोना मामारी नियन्त्रणका स्रोत साधन खरिदका लागि ५१ हजार दिने घोषणा रेका थिए ।
खत्रीले घोषण गरेको ५१ हजार बराबरका अक्सीजन सिलिण्डर खरिद गरी आज हस्तान्तरण गर्नु भएको छ । महामारी नियन्त्रण, रोकथामका लागि आफुले आफ्नो गृह जिल्लाको अवस्था देखेर सक्नेृ सहयोग गरेको खत्रीले बताउनु भएको छ ।