युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
430 पटक पढिएको

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

गोबिन्द्र राज तिमिल्सेना ः मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन्। प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित भए।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त यही मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रदेशको राजधानीसमेत रहेको कैलाली निर्वाचन क्षेत्र–५ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले०का नेता एवं पूर्वमन्त्री नारदमुनी राना थारू भिए। विजयी पन्त यसअघिको निर्वाचनमा कैलाली–५ को ९१०मा प्रत्यक्ष निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

एमालेबाट यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तारालामा तामाङ यसपटकको निर्वाचनमा कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का बिना मगर थिए। तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गरेर निर्वाचनअघि पुनः एमालेमै फर्किनुभएको थियो। यसअघिको निर्वाचनमा तामाङ कञ्चनपुर–१ को प्रदेशसभामा निर्वाचित भएका थिए।एकीकृत समाजवादीका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि दोस्रोपटक कैलाली–४ को प्रदेशसभा सदस्यमा निर्वाचित भए। सोडारी पाटी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेर समाजवादी संसदीय दलको नेता थिए।

सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल पनि दोस्रोपटक प्रदेशसभामा निर्वाचित भए। एमाले पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेका उनी कञ्चनपुर–३ को प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन। निवर्तमान प्रदेशसभा सदस्य एवं एकीकृत समाजवादीका नेता लालबहादुर खड्का, कञ्चनपुर र अमरबहादुर साउद कैलालीबाट यसपटक पराजित भए।

प्रदेशका उद्योग पर्यटन वन वतावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी दार्चुला जिल्लाको प्रदेशसभा सदस्यमा र सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य अक्कलबहादुर रावल अछामको प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुँदा सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य नन्दबहादुर साउदले कैलालीबाट पराजय भए।

प्रदेशसभाका निर्वतमान सदस्य एमालेका पठानसिंह बोहोरा डडेलधुरा, लीलाधर भट्ट बैतडी, नेपालु चौधरी कैलाली यसपटकको निर्वाचनमा पराजित भए। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, कांग्रेस नेता एवं सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा पराजित भए।

यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी यो पटकको चुनावमा कैलाली– १ को प्रदेशसभा सदस्यमा पराजित भए। यस्तै यसअघिको निर्वाचनमा एमालेबाट कैलाली–२ को प्रदेशसभा निर्वाचित रतनबहादुर थापा यो चुनावमा पराजित हुनुभयो । एमाले परित्याग गरेर थापाले नागरिक उन्मुक्ति पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो।

प्रत्यक्ष निर्वाचनतर्फको बाजुरा जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नतिजा आउन भने बाँकी छ। सुदूरपश्चिम प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रको प्रत्यक्ष निर्वाचनतर्फको नतिजा आइसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!