
बाजुरा — शनिबार बाजुरामा २२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ३ सय ९६ पुगेको छ । ४३ शनिबार जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
आज १ जना संक्रिमीत निको भएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या १ सय ९२ पुगेको छ ।
हाल सम्म १ हजार जनाको कोरोना परिक्षण गर्दा ३ सय ९६ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।