युनिकोड    राशिफल    एफएम रेडियाे                        
104 पटक पढिएको

काठमाडौं– नेपालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् ।

हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् । हाल देशमा संक्रमण निको हुने दर प्रतिशतको हिसाबमा ७५।८ रहेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ३८।५४ प्रतिशत अर्थात १ लाख ९४ हजार ८९१ जना महिला रहेका छन् भने ६१।४६ प्रतिशत अर्थात ३ लाख १० हजार ७५२ जना पुरुष रहेका छन् । संक्रमितमध्ये १।२२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर परीक्षण भएको छ भने परीक्षण प्रति १० लाखमा ९९ हजार ४४४ जनामा भएको छ ।
हाल संक्रमण देशका सबै जिल्लामा फैलिएको छ भने केही जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । केही सातायता निरन्तर निषेधाज्ञा जारी भएपनि संक्रमण दर भने घट्न सकेको छैन ।

काठमाडौंको संक्रमण अवस्था
हालसम्म काठमाडौंमा १ लाख ७५ हजार ५६४ जनामा संक्रमण देखिएको छ भने त्यसमध्ये १ लाख ३१ हजार जना निको हुँदा १४०३ जनाको मृत्यु भएको छ । हाल काठमाडौंमा २० हजार १६६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी भक्तपुरमा हालसम्म १७ हजार ९९२ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १३ हजार १०० जना निको भएका छन् । यस्तै २७४ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा अहिले पनि ६ ४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै ललितपुरमा हालसम्म २९ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये २३ हजार १६८ जना निको भएका छन् । यस्तै ६ हजार ४४८ जना सक्रिय संक्रमित हुँदा ३६७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
कोरोनाको संक्रमण नेपालमा पहिलोपटक २०७६, माघ १० मा पुष्टि भएको थियो। चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपाल आउँदा पहिलोपटक उनमा कोरोना पोजिटिभ देखिएको थियो। रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!