बाजुरा — बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्चितकालका लागि यातायात बन्दको घोषणा गरेको छ । शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै शनिबार नै ४ बजेबाट लागु हुने गरि यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियु बाजुराका सचिव हिक्मत राेकायाले बताएका छन । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले पक्राउ गर्न लापरवाही गरेको भन्दै अनिश्रित कालका लागि बाजुरामा यातायत बन्द गर्न लागेको सचिव रोकायाले बताएका छन ।
बिद्यार्थी नेता चेतन अयडीको न्यायको लागी आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको छ । साथै उक्त न्यायको आन्दोलनमा सम्पूर्ण जिल्ला बासीहरुले सहयोग गरि दिन पनि अनेरास्ववियु बाजुराले अनुरोध गरेको छ । शनिवार दिउसाेबाटै बुढीगँगा नगरपालिकाकाे ताप्रीसेरामा टायर जलाई अनेरास्वभियूले सडक अवरुद्द गर्दै अयडीका हत्यारालाई पक्राउ गर्न जाेडदार माग सहित बन्द सुरु गरेकाे छ।











