युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
419 पटक पढिएको

धनगढीः साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी परेको छ। २०७७ असोजमा भारतबाट आयात गरेको ५० किलोको ३५ हजार ६ सय बोरा फ्री फ्लो नुन तथा १६ हजार ४० बोरा १ किलोमा प्याकेजिङ गरेर नुनको उपभोग्य मिति समाप्त भएको तर साल्ट ट्रेडिङले हाल आएर बिक्री गर्न खोजको भन्दै अख्तियारमा उजुरी परेको हो।

सञ्चार माध्यममा नुनबारे समाचार प्रकाशन तथा प्रसारण भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको ध्यानाकर्षण भएको थियो। अख्तियारले समेत छानविन गर्नु भनेर पत्राचार गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ।

छानविन समितिले आइतबार अध्ययन प्रतिवेदन कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई बुझाएको छ। समितिले साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीको गोदाममा म्याद नाघेको नुन रहेको प्रतिवेदन पेस गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

‘सञ्चार माध्यममा समाचार आएपछि हाम्रो पनि ध्यानाकर्षण भएको थियो। मौखिक रुपमा निमित्त प्रमुखलाई सोधेका पनि थियौँ। यो विषयमा अख्तियारमा पनि उजुरी परेको रहेछ। अख्तियार दुरुपयोय अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयबाट पनि के भएको हो बुझ्नु भनेपछि हामीले समिति नै बनाएर छानविन गरेका छौँ’, उनले भने।

छानविन प्रतिवेदनमा ३५ हजार ६ सय बोरा ‘फ्री फ्लो’ नुन साल्ट ट्रेडिङको गोदाम नम्बर २ मा रहेको पाइएको छ। जुन नुनमा उपभोग्य मिति उल्लेख छैन। यस्तै साल्ट ट्रेडिङ परिसरमा १ किलोको प्याकेटमा प्याकेजिङ गरिएको आयो नुन १६ हजार ४० बोरा रहको खुलेको छ।

यो नुनको पनि उपभोग्य मिति समाप्त भइसकेको छ। खान अयोग्य ठहर भएको नुन उपभोग गर्ने गराउने प्रयोजनका लागि बिक्री वितरण नगर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी थापाले बताए। ’म्याद नाघेको नुन बिक्री वितरण नगर्न हामीले निर्देशन दिएका छौँ। खाने प्रयोजनका लागि नुन बिक्री वितरण नगर्न पनि भनेका छौँ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने।

कैलाली भन्सार भएर भारतबाट नेपालमा भित्रिने नुनको नमुना परीक्षण भने धनगढीमा नगरिने तथ्य खुलेको छ। खाद्य पदार्थको आयात गर्दा भन्सार विन्दुबाट नमुना संकलनपछि प्रयोगशाला परीक्षण गरिनु पर्नेमा नुनको हकमा भने कैलाली भन्सारमा नमुना संकलन गरिँदैन।

नुनको लटअनुसार गुजरातबाट साल्ट ट्रेडिङले लिएको नमुनाको जाँच काठमाडौमा हुने गरेको छ। जबकि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय २०७५ मै धनगढीमा स्थापना गरिएको थियो।

तर सुदूरपश्चिमका लागि आयात हुने नुनको नमुना परीक्षणको रिपोर्ट भने काठमाडौंमा हुने गरेको छ। काठमाडौंबाट आउने मेल डाउनलोड गरेर भन्सार कार्यालयमा बुझाउने गरेको साल्ट ट्रेडिङ धनगढीका लेखा अधिकृत तेजबहादुर कुँवरले बताए।

‘नुनको नमुना परीक्षण काठमाडौंमा नै हुने गरेको छ। काठमाडौं केन्द्रीय कार्यालयले नुनको लटअनुसार नमुना परीक्षण गरेर रिपोर्ट हामीलाई मेलबाट पठाउँछ। त्यहीँ डाउनलोड गरेर हामी भन्सार कार्यालयमा पठाउँछौँ।’ खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय धनगढीमा खुलेको चार वर्ष भए पनि साल्ट ट्रेडिङले नुनको नमुना परीक्षण भने एक पटक पनि गराएको छैन।

दिनेश खबरबाट लगिएको

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!