युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
106 पटक पढिएको

 

धनगढीः कैलालीमा आइतबार बेलुकी गोली चल्यो। जिल्लाको अत्तरियास्थित गोदावरी नगरपालिका९२ को सशस्त्र प्रहरी क्याम्पअगाडि गोली चलेको थियो। प्रहरीका अनुसार अत्तरिया र सुखडमा पसल राखेर सुनचाँदी व्यवसाय गर्दै आएका २८ वर्षीय विकास सुनारमाथि २ राउण्ड गोली बर्सिएको थियो।

सुनारको पसल दुई ठाउँमा भएकाले उनी दिउँसो सुखड र राति अत्तरियामा बस्छन्। अरु दिनजस्तै हिजो ९आइतबार० पनि बेलुका करिब ६ बजे पसल बन्द गरेर उनी सुखडबाट अत्तरियातिर लागे। उनी आफ्नो प्रदेश ३०२०११ प ७३५० नम्बरको निजी मोटरसाइकलमा अत्तरियातर्फ आइरहेका थिए।

करिब ६ बजेर २० मिनेटमा उनी गोदावरी नगरपालिका९२ स्थित सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै पुगेका थिए। त्यत्तिकैमा पूर्वबाट पश्चिमतर्फ एउटा सेतो कलरको अपाचे मोटरसाइकल ९नम्बर नखुलेको० मा दुईजना अज्ञात व्यक्ति आए। विकासको मोटरसाइकलनजिक आइपुगेपपछि ती दुईजनाले विकासमाथि गोली चलाए।

गोली हान्नेहरूको खोजतलास भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घाइते विकासमाथि २ गोली चलाइएको जानकारी दिए। उनले भने, ‘घाइतेले हामीसँग २ गोली चलेको भनेर भनेका छन्। पहिलो गोली प्रहार गर्दा उनी छल्न सफल भएछन्। तर पुनः दोस्रो गोली प्रहार हुँदा उनको दायाँ पाखुरामा गोली लागेछ। दोस्रो गोलीमा उनी बाइकबाट ढलेछन्।’ पाखुरामा गोली लागेका उनको ढाड पनि चोट लागेको जोशीले बताए।

गोलीको आवाज सुनेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए। त्यसपछि विकासको उद्धार गरेर उपचारका लागि धनगढी ल्याइएको थियो। विकासको अहिले धनगढीस्थित मायामेट्रो अस्पताल उपचार जारी छ। उनी खतरामुक्त रहेको भए पनि डिस्चार्ज भने नभएको प्रहरीले जनाएको छ।

विकासमाथि गोली चलाउनेहरू राति नै फरार भएको र खोजी तीव्र पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनीमाथि कसले र किन गोली चलाए खुल्न बाँकी रहेको छ। घटनाको अनुसन्धान र अभियुक्तहरूको खोजीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीका फरकफरक टोली खटिएका छन्।

३५ तोला सुन लुटिएको दाबी
गोली लागेर घाइते भएका व्यवसायी विकासले आफ्नो साथमा रहेको सुन लुटिएको दाबी गरेका छन्। घाइते सुनारले आफूसँग करिब ३५ तोला सुन ९तयार सुनका गहना० रहेको र उक्त सुन तिनै बन्दुकधारीले लुटेर भागेको दाबी गरेका हुन्। प्रहरीसमक्ष विकासले आफूलाई लुटपाट तथा ज्यान मार्ने किसिमले नै आक्रमण भएको बताएको डिएसपी जोशीले बताए।

अनुसन्धान गर्दै प्रहरी
प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको ठाउँका सिसिटिभी क्यामेरा फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा गोली लागेका विकासलाई गोली चलाउनेहरूले ९सुखड० पसलबाटै पिछा गर्दै आएको खुलेको बताएको छ।

घटनामा सुनारकै साथी तथा निकटस्थहरू संलग्न रहेको प्रहरीको आशंका छ। प्रहरीले मसिनो रुपमा अनुसन्धान गरिरहेको छ। घाइते विकासको पसलमा यसअघि पनि चोरी भएको थियो। त्यसबेला उनले स्थानीय प्रहरी कार्यालयमा उजुरी पनि दिएका थिए तर त्यसको अनुसन्धान अहिलेसम्म पनि सकिएको छैन।

तर्सिए व्यवसायीहरू, पसलमा ताला
गोली प्रकरणपछि कैलालीको अत्तरिया क्षेत्रका व्यवसायीहरू त्रसित भएका छन्। उनीहरूले दिनदहाडै व्यापारीमाथि गोली चलाउनु गम्भीर विषय भएको भन्दै असुरक्षित महसुस गरेको बताएका छन्।

यतिमात्र होइन, असुरक्षा बढेको भन्दै अत्तरियाका सुनचाँदी व्यवसायीहरूले पसल नै बन्द गरेका छन्। गोली चलेको घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म व्यवसायीहरू सुरक्षित नहुने सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताए। उनले उक्त घटनापछि अरु व्यवसायीहरू पनि असुरक्षित रहेको दाबी गरे।

दिनेश खबरबाट लगिएको

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!