राम बहादुर दानी बाजुरा– नेपाली गीत संगीतको क्षेत्र सबै भन्दा मेहनत र संघर्षको पेषा भएकोले कति पय कलाकारहरु यो पेषाबाट विस्तावित हुने गरेका छन् । कला र साहित्य अफ्ट्यारोमा पाइने सिलाजित जस्तै हो । यसै क्रममा बाजुरा जिल्लाको माटोमा जन्मिएका सर्जक,संगीतकार,शब्द रचनाकार राजेन्द्र राावतकाे सृजना र स्वरमा रहेको डिजे गीत ओए धौली बजारमा सार्वजनिक भएको छ ।
बिगत लामो समय देखि नै शब्द संगीत र डाइरेक्शनमा ब्यस्त रावतले यो गीतमा आफैले स्वराङ्कन गरेका छन । राजेन्द्र रावत, रमिला नेपाली र शौभाग्य थापाको आवाजमा रहेको सो गीतको निर्देशन सुरेन्द्र संगमले गरेका छन भने अभिनय राजेन्द्र रावत, सर्मिला थापा, सुरेन्द्र संगम (डोट्याल बड्डो) र कल्पना बि.सी.(डोट्याल बड्डी) को रहेको छ । अमित बि.क.ले सम्पादन गरेको ओए धौली नामक गीतको छायाङ्कन गायक,संगीतकार एबम् पत्रकार राम बहादुर दानीले गरेका छन । शनिबार मात्रै कोशेली डिजिटल म्युजिक प्रा.लि.को अफिसियल युटुवबाट सार्वजनिक भएको भएको छ ।
भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला