राम बहादुर दानी बाजुरा – आइतबार हिमाली गाउँपालिका–१ बामका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भए पछि होम आइसोलेसनमा राखी थप उपचारका लागि आइतबार गाउँपालिकाको कोभिड अस्पताल लिने तयारी गरि रहेको भएपनि विहान नै उनको मृत्यु भएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीले जानकारी दिएका छन् ।
मृतक लामो समय देखि दमको विरामी भएको हिमाली गाउँपालिका स्वास्थ्य साखाले जनाएको छ । आइतवारसम्म बाजुरा जिल्लामा कोरोना (कोभिड–१९) का कारण मृत्यु हुनेको सख्या ७ पुगेको छ । हालसम्म मृत्यु हुनेमा वृद्धवृद्धा र दिर्घरोगीहरु नै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
हाल सम्म एक हजार जनाको कोरोना परिक्षण गर्दा तीन सय ९३ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्लामा आइतवार एक जनाको मृत्यु संगै जम्मा ७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । हाल सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ सय ९२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
