
राजेन्द्र रोकाया– कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले बाजुरा जिल्लालाई पनि त्रसित बनाएको छ । यसै क्रममा बाजुरा जिल्लामा पनि हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ जना पुगि सकेको छ । सामाजिक अभियान्ता र जिल्ला सदरमुकाम मार्तडीका ब्यापारिहरुको पहलमा आइतबार जिल्ला स्वास्थ्य कार्यालय बाजुरालाई १० थान अक्सिजन सिलेन्डर हस्तान्तरण गरेका छन ।
जिल्ला स्वास्थ्य कार्यालयमा नै गएर ३ लाखका अक्सिजन सिलेण्डर हस्तान्तरण गरिएका हुन । हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, बडीमालिका नगरपालिकाका मेयर पदम बडुवाल, नेपाल रेटक्रसका मन्त्री रम बहादुर शाही, जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश जोशी र नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायतका पत्रकारहहरुको उपस्थितिमा उक्त अक्सिजन सिलेण्डर हस्तान्तरण गरिएको हो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले उक्त अक्सिजन सिलेण्डर नेपाल रेटक्रसका मन्त्री रम बहादुर शाही, जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश जोशीलाई हस्तान्तरण गरेका हुन । बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लल, पत्रकार प्रकास सिंह र बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्र नाथको पहलमा १० सेट अक्सिजन सिलेण्डर हस्तान्तरण गरिएको हो ।
अक्सिजन सिलेण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै प्र्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले गृह मन्त्रालयले जारी गरेको कोही कसैले अभियानको नाममा पैसा उठाउन नमिल्ने भनने कुरा माथी नअल्मलिएर यो बिकारल अवस्थामा बिभिन्न तह तप्काबाट सहयोगको लागी अपिल गर्ने र जिल्ला विपत ब्यबस्थापन समितिको खातामा सहयोग रकम जम्मा गर्न लगाउन निर्देशन गर्नु भएको छ । त्यस्तै अक्सिजन सिलेण्डर हस्तान्तरणमा बोल्दै बडीमालिका नगरपालिककाका मेयर पदम बडुवालले बर्षादका ४ महिना सम्म यातायात ठप्प हुने भएकोले दिनको एक विरामीलाइ कम्तिमा ७ वटा अक्सिजन सिलेण्डरको अवश्यक पने भएकाले जिल्ला अस्पतालमा ५०० वटा अक्सिजन सिलेण्डर स्टोक राखनु पर्ने भएकोले यो अभियानमा जति सक्दो जो कोहीले पनि लाग्नु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाजुराका पुर्व अधयक्ष पत्रकार प्रकाश सिंहले यो अभियानमा सबैले एक भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको छ । जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश जोशीले यो अक्सिजन सिलेण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै यसरी आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी जिल्ला अस्पताल बाजुराका लागि अक्सिजन सिलेण्डरको निकै नै खाँचो पर्ने भएकोले यो अभियानमा जोडिएर सहयोग गर्नु हुने मनकारी मनहरुमा हार्दिक धन्यबाद दिनु भएको हो ।