
राजेन्द्र बहादुर रोकाया– सामाजिक अभियान्ता हेमराज थापाले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई स्वास्थ सामाग्री सहयोग गरेका छन् । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर फैलिरहेको समयमा जिल्लामा अगैभागमा रहेर काम गर्ने पत्रकारलाई बितरण गर्ने गरि स्वास्थ्य सामाग्री सहयोग गरिको अभिन्ता थापाले बताउनुभयो ।नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क बहादुर मल्लको बिषेश पहलमा जिल्लाका पत्रकारलाई सामाजिक अभियान्ता थापाद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको नेपाल पत्रकार महासंघ बाजुरा शाखाका बरिष्ठ.उपाध्यक्ष पदम सिंहले बताउनुभयो । अभियान्ता थापाका अनुसार कोरोना भाईरसको महामारी फैलिरहेको समयमा महामारीको बाबजुद् पनी रात दिन नभनेर काम गर्ने पत्रकारहरु सुरक्षित रहुुन् भन्ने उद्देश्यले जिल्लाका पत्रकारलाई नेपाल पत्रकार महासंघ बाजुरा शाखाद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए ।
महामारीको समयमा काठमाण्डौंमा रहेर आफ्नो जिल्लाका पत्रकारलाई सानो सहयोग चए पनी सम्झीनु भएकोमा नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क बहादुर मल्लले सामाजिक अभियान्ता हेमराज थापालाई धन्यवाद दिनुभएको छ ।
सामाजिक अभियान्ता थापाले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई पि.पि.ई १० सेट, सर्जिकल मास्क ५०० पिस, थर्मल गन १ पिस, सेनिटाइजर १० लिटर, अक्सोमिटर १ पिस र फेस सिल्ड १० थान सहयोग गरिएको नेपाल पत्रकार महासंघ बाजुरा शाखाकी सचिव नन्दा थापाले बताउनुभयो ।
त्यस्तै नेपाली काँग्रेसकी महिला नेत्री बिद्या तिमिल्सेना राधा खड्का गिरीले पनी सेनिटाइजर ५ लिटर, सर्जिकल मास्क ५०० पिस, पारा सिटामोल १ पाकेट सर्जिकल मास्क ४५० पिस सहयोग गर्नुभएको छ । उक्त सामाग्री आज जिल्लाका त्रियासिल पत्रकारलाई हस्तान्तरण गरिएको हाे ।